डोटी आन्दोलन ः सातओटै पहाडी जिल्लाको यातायात ठप्प

Leaderboard Banner

काठमाडौ । सरकारले प्रदेश नं ७ को राजधानी धनगढी तोकेसंगै डोटमिा चर्किएको आन्दोलनले उग्र रुप लिएको छ । लगातार २५ दिनदेखि दिपायलमा प्रदेशको राजधानी हनुपर्छ भन्दै बुडरमा आमहड्ताल गरीरहेका प्रर्दशनकारीले सात नं का सातओटै जिल्लाको यातायात ठप्प पारेका छन ।
डोटीमा लगातार भइरहेको आमहड्तालले सात नं प्रदेशका सबैजसो जिल्ला प्रभावित भएका छन । डोटी स्थित बुडरमा यातायात ठप्प पारेसंगै पहाडी जिल्लाको जनजिवन झन अस्तव्यस्त बन्न पुगेको हो । राजधानीबाट घर तर्फ हिडेका यात्रुहरु पनि बाटोमै अलपत्र परेका छन । यो संगै तराईबाट पहाड भित्रिने अन्न र अन्य सामानहरु ढुवानी नहुदा पहाड वासी झन मर्कामा परेका हुन ।

गत महिनादेखि लगातार भइरहेको आमहड्ताले गर्दा जनजीवन प्रभावित बनेको हो।डोटीमा आज पनि पूर्णरुपमा आमहड्ताल गरिएको छ। यातायात, बजार, कलकारखाना, विद्यालय, कार्यालय पूर्णरुपमा बन्द भएका छन्। डोटीमा क्रियाशील राजनीतिक दल, नीजि क्षेत्र, नागरिक समाज लगायत सम्पूर्ण निकायको सहभागितामा आन्दोलन छ।

आन्दोलनकारीहरुले डोटीमा रहेका क्षेत्रीय तथा जिल्लास्थित सरकारी कार्यालयहरुका बोर्डहरु हटाएका छन् भने कार्यालयहरुमा कालो झण्डा गाडिएको छ। केही कार्यालयका झ्यालका सिसा तथा सुझाबपेटिका, सूचना बोर्ड तोडफोड समेत गरेका छन्। आन्दोलनकारीहरुको आक्रोशित भीडले सिलगढीस्थित जिल्ला हुलाक कार्यालय र जिल्ला कृषि विकास कार्यालयमा आगो लगाइदिएका छन्। आन्दोलनकारीले लगाएको आगोबाट कार्यालयमा केही क्षति पुगेको छ भने कागजातहरु जलेर नष्ट भएका छन ।

डोटीमा गत महिनादेखि नै प्रर्दशन भइरहे पनि गत साता सरकारले प्रदेशको अस्थायी मुकाम तोकेसंगै आन्दोलनले ठुलो रुप लिएको हो । यो भन्दा अगाडी भने प्रर्दशनकारीले समामन्य रुपमा जुलुस निकालेर प्रर्दशन गरीरहेका थिए । गत बिहिबार दिपायलमा ट्रापिलक प्रहरीको पोष्टमा आगो लगाएर नष्ट गरीदिएका थिए ।

सरकारले अहिले तोकेको राजधानी प्रदेश प्रमुखलाई काम गर्न सजिलोको रुपमा मात्रै तोकेको हो । अहिले सरकारले तोकेको राजधानी अस्थायी हो जुन प्रदेश सभाको दुई तिहाई बहुमतबाट प्रदेश सरकारले परीवर्तन गर्न सक्छ । संविधानमा उल्लेख गरे अनुसार प्रत्येक प्रदेशमा प्रदेश सरकारले आफैले मुकामको छनोट गर्ने व्यवस्था छ ।

प्रकाशित : शनिबार, माघ ०६, २०७४११:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली, किसान चिन्तित