सुमोको ठक्करबाट स्कुटर चालकको मृत्यु

Leaderboard Banner

काठमाडौँ, ६ माघ (रासस) ः स्थानीय फर्पिङमा सुमोको ठक्करबाट स्कुटर चालक दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको मृत्यु भएको छ ।

गए राति कुलेखानीबाट काठमाडौँ आउँदै गरेको ना१ज ३३७५ नंको टाटा सुमोले बा५७प ३०७८ नंको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा गुडिरहेको सुमोले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा आज बिहान २ः३० बजे बयोधा अस्पतालमा निधन भएको जानकारी दिनुभयो । टाटा सुमोसहित चालकलाई महानगरीय प्रहरी प्रभाग फर्पिङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : शनिबार, माघ ०६, २०७४११:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

२० जना सांसद अयोग्य ठहर गर्दै पद खारेजको सिफारिस