अब किशोरावस्था २४ वर्षसम्म

Leaderboard Banner

काठमाडौ । किशोरावस्थाको अवधि बढ्दै गएकोले अब किशोराअवस्थालाई २४ वर्ष सम्म रहने वैज्ञानिकहरूले बताएका छन ।

सामान्यतया किशोरावस्था अर्थात टिनएज १२ वर्ष देखि १९ वर्षको उमेरलाई मानिन्छ ।किशोरावस्था हाइपोथालामस भनिने मस्तिष्कको एउटा हिस्साले मानिसको पियुस र यौन ग्रन्थीहरूलाई क्रियाशील बनाउन हर्मोनहरू उत्पादन गर्न थालेपछि शुरु हुने विश्वास गरिन्छ।सामान्य अवस्थामा १४ वर्षको उमेर आसपासमा सुरु हुने यो अवस्था स्वास्थ्य र अधिकांश विकसित देशमा पोषणमा आएका सुधारका कारण अब विकासक्रम १० वर्षको उमेरमा नै शुरु हुन थालेको वैज्ञानिकहरू बताउँछन्। फलस्वरुप विकसित देशहरुमा किशोरीहरूको पहिलो महिनावारी हुने औसत उमेर घटदै गइरहेको छ ।

ल्यान्सेट चाइल्ड एण्ड एडोलेसेन्ट हेल्थु जर्नलमा प्रकाशित लेखका अनुसार पछिल्लो समयमा किशोरकिशोरीको शारीरिक विकाश संगै मानसिक विकास पनि ढिलो सम्म वृदी भइरहेको छ । २० वर्षको उमेरपछि पनि मस्तिष्कको विकासक्रम जारी रहेकाले किशोरावस्थाको अधिकतम उमेर सीमा पनि बदलिनुपर्ने वैज्ञानिकहरुको भनाइ छ। अनुसन्धानकर्ताहरूले पोषणमा आएको सुधारका कारण किशोरावस्था शुरू हुने उमेर अझ कम भएको निष्कर्ष निकालेका हुन ।

युवा उमेरका मानिसहरूले लामो समयसम्म शिक्षालाई निरन्तरता दिएको, बिहे ढिला गर्न र सन्तान अलिपछि जन्माउन थालेको लगायतले विगतमा किशोरावस्था भनेर भनिने गरिएको उमेरमा परिमार्जन ल्याएको बताइन्छ।

प्रकाशित : शुक्रबार, माघ ०५, २०७४१५:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बगरमै वित्छ जिन्दगी, बालुवा, गिट्टी र ढुंगा चाल्नु बाहेक अरु उपाय छैन