निजगढ विमानस्थलको वातावरणीय मूल्यांकन प्रतिवेदन तयार

Leaderboard Banner

काठमाडौ । बाराको निजगढमा बन्न लागेको निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएको छ। करीब ८० वर्ग किलो मिटर क्षेत्रमा निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सरकारले आवश्यक वातावरणीय प्रभाव र सामाजिक प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरेको हो ।

नेपाली कम्पनी जीईओसीईले करिब ६० लाख रुपैयाँमा विमानस्थल निर्माणबाट पर्ने असरबारे अध्ययन गरी आयोजनालाई प्रतिवेदन बुझाएको हो । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा विमानस्थल निर्माणका क्रममा हुने जंगल फँडानीबाट पर्ने असरदेखि विमानस्थल बनेपछि हुने फाइदालगायत उल्लेख छ। यसैगरी विमानस्थल निमार्ण गर्दै गर्दा बस्ती समते सार्नपर्ने हुँदा समाजिक प्रभाव मूल्यांकन समेत प्रतिवेदनमा उल्लेख गरीएको छ ।

पछिल्लो समयमा विमानस्थल निर्माण हुने ठाउँमा करिब १० हजार बिघामा फैलिएको जंगल फडानी गर्नुपर्ने देखिएपछि वातावरणमा असर पार्ने भन्दै विरोध भएको थियो । मुलुकको दोसो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न १७ वर्ष अगाडि निर्माणको प्रारम्भिक अध्ययन भएको थियो ।

प्रतिवेदनका अनुसार विमानस्थल निर्माण हुने ठाउँमा करिब १० हजार बिघामा जंगल फैलिएको छ। विमानस्थल निर्माण क्षेत्रमापर्ने निजी जमिन भनेको एक सय १० बिघा छ यसका लागि पनि सरकारले प्रतिकठ्ठा न्यूनतम साढे दुई लाखदेखि चार लाख ६० हजार पाउने गरी मुआब्जा निर्धारण गरिसकेको छ।

विमानस्थल निर्माणका लागि आर्थिक वर्ष २०७४÷०७५ मा साढे एक अर्ब रुपैयाँ विनियोजन भएको हो ।

प्रकाशित : शुक्रबार, माघ ०५, २०७४१२:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कम्पनीले स्वदेश फर्कन नदिएपछि विचल्ली परे नेपाली युवा: काम पनि छैन तलब !