सीके राउत फेरी पक्राउ, डेराबाटै प्रहरीले लियाे नियन्त्रणमा

Leaderboard Banner

धनुषा । बिगत लामाे समयदेखि तराइमा स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलार्इ प्रहरीले पुन: पक्राउ गरेकाे छ । धनुषाको माथाबजारस्थि डेरामा बसिरहेका राउतलाई प्रहरी निरीक्षक राजकिशोर साहको टोलीले घेरा हाली नियन्त्रणमा लिएकाे हाे ।

उनलाई के कारणले पक्राउ गरिएकाे हाे भन्ने बारेमा भने खुलाएको छैन। यसअघि पनि पटक–पटक पक्राउ परेका उनीविरुद्ध अदालतमा राज्यविरुद्ध संगठित अपराध अन्तर्गतको मुद्दा चलाइएको थियो। सप्तरी घर भएका राउत हाल धनुषामा बस्दै अाएका छन् ।

प्रकाशित : शुक्रबार, माघ ०५, २०७४०९:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नवराज सिलवालले दिए छानबिन बारे अाक्राेशपूर्ण यस्ताे अभिब्यक्ती….