राष्ट्रयसभा निर्वाचनका लागी माओवादी एमालेले गरे सिट बाँडफाड, कसलाई कति सिट ?

Leaderboard Banner

काठमाडौ । यही माघ २४ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागी एमाले माओवादीले सिट बाँडफाड गरेका छन । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो।

आज बिहान बसेको वामगठबन्धनको वैठकले ४३ मध्ये एमालेका लागि २९ र माओवादीका लागि १४ सीट बाँडफाँड गरेका हुन् । स्थानीय तहका जनमतका आधारमा र ६० र ४०मा सिट बाँडफाड गर्ने निर्णय अनुसार सीट बाँडफाँड गरेको जनाइएको छ । बैठकमा आज एमालेका नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादी केन्द्रका रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सहितका नेता सहभागी थिए । कार्यदलले तयार पारेको प्रस्ताव दुवै पार्टीका अध्यक्षसँग परामर्श गरेर अन्तिम टुंगो लगाउने तयारी भएको छ ।

यसअघि प्रतिनिधि सभामा ६० र ४० प्रतिशत उम्मेदवारी दिएका एमाले र माओवादीले यसपालि भने एमालेले दोब्बर बढी सिटमा उम्मेदवारी दिने भएको हो।

प्रकाशित : बुधबार, माघ ०३, २०७४१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु