को को बन्दैछन् प्रदेश प्रमुख ? यी हुन् आजको मन्त्रिपरिषदमा प्रस्तावित नामहरु…

Leaderboard Banner

काठमाडौँ । नेपाली काँग्रेस नेतृत्वको कामचलाउ भैसकेको सरकारले देशका ठूलो पार्टी नेकपा एमाले र मओवादीलाई बाहिर राख्दै प्रदेशसभाका प्रमुखहरुको नियुक्ति गर्ने प्रक्रिया अगाडी बढाएको छ।

बुधबार  बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश प्रमुखहरुको नामावली निर्णायार्थ मन्त्रिपरिसदमा पेश गरेका छन् । उक्त प्रदेश प्रमुखहरुको नामावलीमा ४ जना काँग्रेसबाट, संघीय समाजवादी फोरम , राजपा नेपाल र राप्रपाबाट एक-एकको जना परेका छन् ।

स्रोतबाट प्रप्त जानकारी अनुसार आज बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रस्तावित प्रदेश प्रमुखको नामावली यसप्रकार छ:

१. प्रदेश नम्बर १ : गोविन्द सुब्बा (राप्रपा)
२. प्रदेश २: रत्नेश्वरलाल कायस्थ (फोरम)
३. प्रदेश ३: अनुराधा कोइराला (काँग्रेस)
४. प्रदेश ४: बाबुराम कुँवर (काँग्रेस)
५. प्रदेश ५: उमाकान्त झा (राजपा)
६. प्रदेश ६: कृष्ण केशरी खनाल (काँग्रेस)
७. प्रदेश ७: मोहनराज मल्ल

आजै सरकार प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम टुंगो लगाउने बताएको छ ।

प्रकाशित : बुधबार, माघ ०३, २०७४१६:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रयसभा निर्वाचनका लागी माओवादी एमालेले गरे सिट बाँडफाड, कसलाई कति सिट ?