अन्नतः स्थगित भयाे मन्त्रीपरीषद्काे बैठक

Leaderboard Banner

काठमाडाै । प्रदेश प्रमुख नियुक्तिका लागी मंगलबार बस्ने भनिएकाे  मन्त्रीपरीषद्काे बैठक स्थगित भएकाे छ । अघिल्लाे बैठकमा दलहरू बिच सहमति जुटाउन नसकेपछि बैठक लार्इ मंगलबार सारीएकाे थियाे । बैठक भाेली  दिउँशाे बस्ने जनाइएकाे छ ।

अाजै बस्ने भनिएकाे  कांग्रेस, एमाले र माओवादीबीच विविध विषयमा हुने भनिएकाे बैठक पनि अाज बस्न सकेन । प्रधानमन्त्री  देउवाका वरिष्ठ प्रेस विज्ञ गोविन्द परियारका अनुसार  बालुवाटारमा मन्त्रीपरीषद् अगाडी हुने भनिएकाे   तीन दलबीच पनि छलफल हुन नसकेको हाे ।प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद बैठक बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेका थिए । जसमा दलहरुवीच सहमति भए सहमतिमै र नभएपनि राजपा, फोरम र कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गर्ने देउवाको तयारी थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गर्न संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ दलसँग नामावली मागेपनि एमालेले नाम पठाउने इन्कार गरेकाे थियाे ।

प्रकाशित : मङ्गलबार, माघ ०२, २०७४१३:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कांग्रेसले बाेलायाे केन्द्रिय समितिकाे बैठक