सहयोग पाएपछि खुशी हुँदै माहुली थारु

Leaderboard Banner

अशोक पोख्रेल
कपिलवस्तु । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तराई क्षेत्रमा बढेको अत्यधिक चिसोले सर्वसाधारणको जिवनस्तर कष्टकर बन्दै गएको छ । चिसो बढेसंगै सरकारी र निजी तवरबाट सर्वसाधारण र सितलहर पिडितहरूका लागि राहत वितरण भईरहेको छ ।

रौतहटका रिक्सा चालक केदार प्रसाद तिमिल्सिना जस्तै कपिलवस्तुमा पनि सामाजिक अभियान्ता दिपक खड्का विभिन्न सहयोगी हातहरुसँग हातेमालो गर्दै सितलहर पिडितलाई न्यानो कपडा वितरणमा लागि परेका छन । सितलहर पिडितको हितमा राहत वितरण गर्न धन नै नचाहिने मन भए पुग्ने खड्का बताउछन् । आफू विभिन्न सहयोगी हातहरुसँग मिलेर कपिलवस्तुमा सक्दो न्यानो कपडा वितरण गरेको पनि उनले बताए ।

अहिले चिसो बढेसँगै मानिसहरुको जीवन कष्टकर बन्दै गएकोले आफूलाई पनि रात काटन ग्राहो भएको कपिलवस्तु शिवराज नगरपालिका वार्ड न ५ नौडिहवामा आफन्तको साहारामा बस्दै आएकी माहुली थारुले बताईन् । माहुली र उनको छोरालाई जाडोबाट छल्न परालको प्रयोग गर्ने गरेको पनि उनले बताईन । जन्मजात शारीरिक अपाङ्गता भई जन्मेको र स्पष्टसँग कुरा गर्न नसक्ने उनका छोरा राती जाडो हुदाँ रुने गरेको गुनासो गरिन् । सुन्दा र देख्दा अच्चम लाग्ने उनकाे १ वर्षको छोरा छ । उनी अहिले सानी आमाको साहारामा जीवन बिताउदै आए पनि गाई भैसी राख्ने गोठ उनको बास बनेको छ । उनको अवस्था बारे जानकारी पाएपछि अभियान्ता खड्काको नेतृत्वमा सहयोगीहाहरुले १ थान कम्बल, सल लगाएतको सामाग्री बितरण गएको स्थानीय गोपाल बन्जाडेले बताए । माहुली जस्ता मानिस हाम्रो समाजमा धेरै रहेको हुँदा सहयोगका हातहरु अगाडि बढाउनु पर्ने खड्का बताउछन् ।

प्रकाशित : मङ्गलबार, माघ ०२, २०७४०९:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विसं १९९० सालकाे बिनासकारी भूकम्पलार्इ सम्झिदैँ, बीसौँ भूकम्पीय सुरक्षा दिवस मनाइँदै