माघी पर्वकै दिन देवघाटस्थित त्रिशूलीमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

Leaderboard Banner
फाईल फोटो

रत्ननगर, चितवन । चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।

देवघाटस्थित झोलुङ्गे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर चितवन रत्ननगर नगरपालिका–३ का ७८ वर्षीय पदमनाथ अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

बिहान करिब १०ः३० बजे नुहाउने क्रममा अचानक ढुङ्गाबाट चिप्लिएर अधिकारी त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।घटनास्थलबाट करिब ३०० मिटर तल त्रिशूली र कालीगण्डकीको संगम बेनीमा बगाइरहेको देखेपछि सुरक्षामा खटिएको टोलीले उहाँको उद्धार गरेको थियो ।

गम्भीर अवस्थामा उद्धार गरिएका उहाँको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । शव अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित : सोमबार, माघ ०१, २०७४१६:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दुई वर्षमा रु पाँच करोड स्वाहा, रानीपोखरी र बालगोपालेश्वर अस्तित्व नै संकटमा