विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर यादवको मत्यु

Leaderboard Banner

लहान, १ माघ (रासस) ः करेन्ट लागेर सिरहाको सुखिपुर नगरपालिका–४ पोखरभिण्डामा गएराति एक युवकको मत्यु भएको छ ।

विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर पोखरभिण्डा निवासी २३ वर्षीय गोविन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा बिजुली बत्ती बाल्नका लागि हुकिङ गर्ने क्रममा अचानक एक फेज तार चुँडिएर करेन्ट लाग्दा यादवको तत्काल मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित : सोमबार, माघ ०१, २०७४१४:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अमेरिकाको मिठो सपना बोकेर गएका म्याग्देली युवाको विदेशमा कन्तबिजोग