जागिर लगाइदिने भन्दै लाखौं ठगी गर्ने समूहका नाइकेसहित ६ जना पक्राउ

Leaderboard Banner

काठमाडौँ । दूतावासमा जागिर लगाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौं ठगी गर्ने समूहका नाइकेसहित ६ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा टेकुले सप्तरी राजविराजका रमानन्द नौनियासहित ६ जनालाई पक्राउ गरेको आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । महाशाखाका अनुसार पक्राउ पर्नेमा दोलखा सुरी गाउँपालिकाका सन्तोष कार्की, विनोद कार्की, काभ्रे नाग्रे गागर्चेका पदमबहादुर श्रेष्ठ, रामेछाप दोरम्बाका चित्रबहादुर श्रेष्ठ र काठमाडौं महाराजगन्जकी गीता महर्जन छन् ।

नौनियाले नेपालमा रहेका विभिन्न दूतावासहरुमा जागिर लगाइदिन्छु भन्दै करिब ६० जनासँग ३ लाखदेखि ५ लाखसम्म रकम असुलेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको महाशाखाले जनाएको छ । नौनियाको ठगी धन्दामा अन्य पक्राउ परेकाले सहयोगीको भूमिका खेलेका थिए ।

काठमाडौं जिल्ला अदालतले उनीहरुमाथि थप अनुसन्धानका लागि ७ दिनको म्याद दिएकाे छ । अभियुक्तहरुलाई आइतबार महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ ।

प्रकाशित : आइतबार, पुष ३०, २०७४१८:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पेरूमा सक्तिशाली भूकम्प, सुनामी अाउन सक्ने चेतावनी