जिप दुर्घटना हुदाँ गााउँपालिका अध्यक्ष सहित ५ जनाकाे मृत्यु

Leaderboard Banner

काठमाडाै । संखुवासभाको मकालु ३ समाटार भन्ने स्थानमा यात्रुवहाक जीप दुर्घटना हुदाँ  गाउँपालिका अध्यक्ष सहित पाँच जनाकाे मृत्यु भएकाे छ । अाइतबार बिहान बा ५ च १३०९ नम्बरको जिप दुर्घटना भएकाे संखुवासभा प्रहरीले जनकारी दिएकाे छ ।

१२ जना यात्रु बाेकेकाे उक्त जिप दुर्घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ  ।

सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा५ च १३०९ नम्बरको पिकअप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीको बगरमा झरेर दुर्घटनाग्रस्त भएको हो ।

प्रकाशित : आइतबार, पुष ३०, २०७४१४:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

क्यालिफोर्नियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुग्यो