प्रचण्ड पत्नी सीता दाहाल आज उपचार गर्न नयाँ दिल्ली जाँदै, काेसँग जाँदैछिन् ?

Leaderboard Banner

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता उपचारका लागि दिल्ली जाँदैछिन् । उनी अाज दुर्इ छाेरीकाे साथमा ‘फलोअप’ का लागि दिल्ली जान लागेकाे उनकाे पारिवारिक स्राेतले जनाएकाे छ । मधुमेहलगायत रोगका कारण उनी लामो समयदेखि बिरामी अवस्थामा छिन् ।

केही महिना अगाडि मात्रै पनि सीता दाहालको बैंककमा उपचार गरिएको थियो । एक मात्र छोरा प्रकाशको निधनका कारण उनी थप कमजोर बनेकी थिइन् ।

विकसित राजनीतिक घटनाक्रमका कारण दाहाल भने पत्नी सीताका साथ उपचारमा सहभागी हुने छैनन् । सीताको उपचारका लागि पहिलोपटक दाहालले दुई छोरी रेणु र गंगालाई पठाउन लागेका हुन् ।

प्रकाशित : आइतबार, पुष ३०, २०७४०८:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतीय राजदूत भन्छन्–अध्यागमन कार्यालय खोल्न पहल गर्छु