एमालेले बनायो राष्ट्रिय सभा सदस्य उम्मेदवारको यस्तो मापदण्ड ! (विज्ञप्ती सहित)

Leaderboard Banner

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिस विधि तयार पारेको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएकामध्येबाट भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवारी चयन गर्ने निर्णय गरेको हाे ।

आगामी माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि एमालेले नेकपा माओवादी केन्द्रसँग तालमेल गर्नेछ । स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई प्राथमिकता दिइने भएको छ ।

उम्मेदवारी सिफारिशका लागि प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट मापदण्डअनुसारको नाम सिफारिश गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : शुक्रबार, पुष २८, २०७४१९:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेश नम्बर ५ को राजधानी दाङ नै हुन्छ: कृष्णबहादुर महरा