फेसबुकमा नयाँ परीवर्तन ल्याउदै जुकरवर्ग

Leaderboard Banner

अब समाचार, व्यवसाय, ब्रान्ड र मीडिया सम्बन्धी फीडमा फेसबुकले धेरैकुरामा परीवर्तन ल्याउने भएकाे छ ।  फेसबुक का निर्माता मार्क जकरबर्गले आफ्नो फेसबुक पेजमा  फेसबुककाे केही चीजहरू बदल्न लागेकाे जानकारी दिएका हुन । उनले अाफ्नाे फेसबुक पेजमा अब देखि विशेषगरी परीवारका सदस्य र अाफ्ना नजिकका साथीहरूसंग कुराकानी गर्न सक्ने सामाग्रीहरू राख्न जाेड गरेकाे बताएका हुन ।

फेसबुकमा उनले ल्याउन लागेकाे याे नयाँ सामाग्रीले अब धेरैजसाे अधिक मानिसहरू सम्म पुर्याउने उनकाे लाेकप्रियतामा कमी अाउन सक्ने अांकलन गरीएकाे छ ।  फेसबुकमा यस्ताे परिवर्तन आगामी हप्ता देखि  अाउने जनाएकाे छ ।

जुकरबर्गले  लेखेका छन ” हामीलार्इ यस्ताे फिडब्याक  मिल्यो कि बिजनेस, ब्रान्ड र मीडियाहरूले गरेका  पोस्टहरू लार्इ सबैसामु पुर्याएर हाम्राे निजि कुराकाे भरपुर उपयाेग गरीरहेका छन । ”मार्क जकरबर्गले  अाममानिसकाे सुरक्षा र राम्राेका लागी अाफु पनि जिम्मेवार भएकाले फेसबुकमा यस्ताे बदलाब ल्याउन लागेकाे बताएका छन । फेसबुकले अाफ्नाे एप्समा यस्ताे परीवर्तन ल्याएसंगै अब समाचारका स्राेतहरू फेसबुकमा कम देखा पर्नेछन ।

मार्क जकरबर्गले  अाफ्नाे फेसबुकमा पाेस्ट गर्दै २०१८मा मान्छेले अाफ्नाे समय राम्राे संग बिताउन पाउन र फेसबुकमा अाएकाे कुनै अनावश्यक कुरामा समय खर्च नगर्नुपर्ने करा सुनिश्चत गर्नेै बताएका हुन ।

 

प्रकाशित : शुक्रबार, पुष २८, २०७४१७:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काँग्रेस नेता चीनकाजी श्रेष्ठलाई मातृशोक: दालचिनीको ८४ वर्षको उमेरमा निधन !