स्वास्थ्य मन्त्रालयले दाेहाेराे चरीत्रकाे अभिनय गरेकाे भन्दै नर्सिङ संघ अान्दाेलनमा (विज्ञप्तीसहित)

Leaderboard Banner

काठमाडाै । गत श्रावण महिना देखि मानव अङग प्रत्याराेपण क्रेन्द्र भक्तपुरमा स्टाफ नर्सकाे विषयलार्इ लिएर उत्पन्न भएकाे विवादलार्इ लिएर नेपाल नर्सिङ संघ अान्दाेलनमा उत्रिएकाे छ । संघले बुधबार   प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालसंग ११ बुदेँ माग राखेकाे छ ।

विज्ञप्तीमा संघले क्रेन्द्रकाे समस्या क्रेन्द्रमै समाधान गर्नुपर्ने भन्दै पटक पटक अस्पतालकाे व्यवस्थापन पक्षलार्इ पत्राचार गरेपनि वास्ता नगरेकाे र पिडितलार्इ झन असर पुग्ने कार्य गरेकाे कुरा उल्लेख गरीएकाे छ । विज्ञप्तीमा स्वास्थ्य मन्त्रालयले पिडितका अाखाँमा छाराे हाल्न मात्र बनाएकाे छानबिन कमिटिले पुर्वाग्रह पुर्वक पिडितकाे विपक्षमा निर्णय गरेकाे उल्लेख गरीएकाे छ । यसले नेपालभरका अाम नर्सहरूकाे अात्म सम्मानमा चाेट पुग्ने र स्वास्थ्य मन्त्रालयले सधै नर्सिङ पेशालार्इ दाेस्राे दर्जाकाे पेशाकाे रूपमा हेर्ने गरेकाे अाराेप लगाएकाे छ ।

नेपाल नर्सिङ संघले गत २६ गते देखि अान्दाेलनका कार्यक्रमहरू गरीरहेकाे छ । संघले  बुधबार सुचना जारी गर्दै २६ गते देखि माघ ७ गते सम्मकाे विराेध कार्यक्रमकाे तालिका सार्वजनिक गरेकाे हाे । नर्सहरूले बुधबार र बिहिबार हातमा कालाे पट्टी बाँधेर ड्यटी गरेका थिए । र अाज , भाेली र पर्सि १० बजे देखि ११ बजेसम्म ड्युटीमा नजाने निर्णय ,गरेका छन । त्यस्तै सम्पुर्ण नर्सहरूले माघ १,२ र ३ गते बिहान १० बजे देखि १ बजे सम्म काममा नजाने र ४,५,र ६गतेमा ८ बजे देखि ४ बजेसम्म काम छाेड्ने बताएका छन । अान्दाेलनमा उनिहरूले ७ गतेदेखि  माग पुरा नभए २४सै घण्टा ड्युटी छाेडेर स्वास्थ्य मन्त्रालयमा धर्नामा बस्ने जनाएका छन ।

नर्सिङ संघले ११ बुदे मागहरू राख्दै अान्दाेलन सुरू गरेकाे हाे । मागमा संघले मानव अङग प्रत्याराेपण क्रेन्द्रबाट निष्काशित गरीएका नर्सिङ कर्मचारीलार्इ अबिलम्ब पुर्नबहाली गर्नुपर्ने, अधिकार सहितकाे नर्सिङ साखा पुर्नस्थापन गर्नुपर्ने , नर्स बिरामीकाे अनुपात सबै अस्पतालमा लागु गर्नुपर्ने र भाेलेन्टियरकाे नाममा हुने श्रम शाेषण बन्द हुनुपर्ने जस्ता ११ बुदे माग पेश गरीएकाे छ ।

यसअघि पनि ललितपुरकाे नर्सिङ कलेजकाे डिन नियुक्तीलार्इ लिएर १० र ११ गते नर्सहरूले हातमा कालाे पट्टी बाँधेर अान्दाेलन गरेका थिए ।

 

 

 

 

प्रकाशित : शुक्रबार, पुष २८, २०७४१३:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

खोलाको बगरमा चौधरी मृत अवस्थामा फेला !