सरकार छाड्दै माअाेवादीका विना विभागिय मन्त्री

Leaderboard Banner

काठमाडाै । चुनावकाे बेला तालमेल नमिलेपछि देउवा सरकारले विनाविभागिय बनाइदिएका माअाेवादीका मन्त्रीहरू अाजै देखि सरकारबाट बाहिरिने भएका छन ।विभिन्न विवादका बाबजुद  निर्वाचन सुनिश्चित गर्न भन्दै माओवादी मन्त्रीहरु  करीब दुर्इ महिना देखि बिनाविभागीयकै हैसियतमा सरकारमा रहेका थिए।

निर्वाचनअघि राजीनामा दिने तयारी गरे पनि माओवादीले सरकार छाड्दा चुनाव नहुने निष्कर्ष निकालेको थियो। तर प्रदेश सभा बैठकमा सहभागी हुनुपर्ने बाध्यात्मक अवस्थामा पुगेपछि माओवादीले सरकार छाड्न लागेको हो।माओवादी मन्त्री महेन्द्रबहादुर शाहीका अनुसार प्रदेश सभा बैठक पनि  छिट्टै हुन लागेकाेले कतिपय  मन्त्री भएकाहरु  सांसद हुने भएकाले  राजीनामा दिन लागेकाे बताए ।उनका अनुसार मन्त्री गिरिराजमणी पोखरेलले प्रधानमन्त्रीलाई भेटेर माओवादीले सरकार छाडेको पत्र बुझाउने र माअाेवादीका सम्पुर्ण मन्त्रीले सरकार छाड्ने बताएका हुन ।

प्रकाशित : बिहिबार, पुष २७, २०७४१७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गाेपाल पराजुलीलार्इ अदालतमै जुत्ताले किन हाने रत्नप्रसादले ? यस्ताे थियाे कारण [ EXCLUSIVE VIDEO ]