६० वर्ष पछि महिलाले किन्न पाउने भए रक्सी

Leaderboard Banner

काठमाडाै । महिलालार्इ रक्सी  किन्न प्रतिबन्ध लगाएकाे श्रीलकाले करीब ६० वर्षपछि याे कानुन परिमार्जन गर्ने भएकाे छ । सन् १९५५ को एउटा कानुनमा महिलालार्इ मदिरा सेवन र बिक्रि वितरणमा राेक लगाएकाे थियाे ।

मदिरा अाफ्नाे संस्कृति विपरित मान्दै अाएका श्रीलकाली महिलाहरूले सरकारकाे याे निर्णय लार्इ नस्विकारेपनि अंधिकास महिलाले भने स्वागत गरेका छन । याे निर्णय संगै अब खुल्ला रूपमा  महिलाहरूले पूर्वस्वीकृति विनै मदिरालयमा काम गर्न पनि पाउँनेछन्। श्रीलंकाका अर्थमन्त्रीले गरेको उक्त कानुन परिमार्जनको घोषणालाई सामाजिक सञ्जालमा धेरैले स्वागत गरेका छन् र सरकारलाई त्यसका लागि धन्यवाद दिएका छन्।नयाँ कानुनअन्तर्गत महिलाहरूले अब लाइसेन्सप्राप्त मदिरालय वा रेस्टुरामा काम गर्न वा मदिरा पिउँन राज्यका कर आयुक्तको अनुमति लिनुपर्ने छैन।

धेरैले प्रसन्नता व्यक्त गरेपनि कतिपयले चाहिँ पछिल्लो निर्णयका कारण महिलाहरू रक्सीको लतमा फस्नसक्ने चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित : बिहिबार, पुष २७, २०७४१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ट्युसन पढ्न गईरहेकी ७ वर्षीय बालिकाको बलात्कारपछि हत्या: घटनाको बिरोधमा प्रदर्शन