दिनदिनै छात्रा बेहाेस हुन थालेपछि विद्यालय बन्द

Leaderboard Banner

काठमाडाै । धादिङकाे गजुरी स्थित आदर्श माविका छात्राहरु  दिनदिनै बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । मंगलबार देखि कक्षा ९ र १० मा पढ्ने छात्राहरु बेहोस हुन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरीएको बताइएकाे छ ।

विद्यालयका एक शिक्षकले भने,  ‘हामी विद्यार्थीहरुलाई प्राथना गराइरहेका थियौं । एकजना छात्रा बेहोस भइन् ।उनलाई गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लागियो । उनलाई उपचारका लागि लैजाने विद्यार्थी पनि बाटोमै बेहोस भए । यता विद्यालयमा रहेका अरु छात्राहरु पनि वेहोस हुन थाले ।’

विद्यालय स्राेतका अनुसार अघिल्लाे महिनामा पनि छात्राहरू बेहाेस हुन थालेपछि विद्यालय बन्द गरीएकाे थियाे ।छात्राहरू बिहानकाे समयमा र दिउशाेँमा बढी बेहाेस भएकाे विद्यालयले जनाएकाे हाे । मंगलबार ५ जना र बुधबार १२ जना लगातार बेहाेस भएकाले उनिहरूलार्इ अस्पतालमा स्वास्थ्य परीक्षण गरीएकाे थियाे । तर  उनीहरुलाई कुनै रोग नभएको चिकित्सकहरुले बताएका थिए । चिकित्सकहरुले मास हिस्टेरिया पनि भनिने (कन्भर्सन डिसअर्डर)को समस्या भएको बताएपछि विद्यालयले विद्यार्थीहरुलाई मनोपरामर्श समेत दिएको छ ।

 

प्रकाशित : बिहिबार, पुष २७, २०७४१६:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विदेशबाट फर्केर गाईपालन गरेका रेश्मीले गर्छन् नेपालमै मासिक एक लाख आम्दानी