उडिरहेकाे विमानमा पाइलटहरू बिच झगडा भएपछि…….

Leaderboard Banner

काठमाडाै । बेलायतकाे लन्डनबाट मुम्बईका लागि उडेको जेट एयरवेजको विमानमा  दुई पाइलटबीच  नै झगडा भएकाे छ। उक्त दुर्इजना पाइलटलार्इ अहिले निष्कासित गरीसकेकाे छ ।

३२४ जना यात्रु बोकेको सो विमानमा पुरूष पाइलटले महिला पाइलटलार्इ झापड हानेका थिए । विमानमा सवार मानिसहरूले बताए अनुसार महिला पाइलट रूदै बाहिरिए पछि एकछिन लार्इ स्काथिति तनाव ग्रस्त भएकाे थियाे । उपस्थित अन्य कर्मचारीहरूले लामो समय लगाएर उनलाई सम्झाएपछि मात्र उनी ककपिटभित्र फर्किएको र विमान सुरक्षित रूपमा मुम्बईमा अवतरण गर्न सफल भएको बताइएको छ।

नियमको उल्लंघन गर्दै पाइलट ककपिटबाट बाहिर निस्किएकीकाे ले यात्रुको सुरक्षालाई जोखिममा राखिएको भन्दै उनिहरूलार्इ निष्काषित गरिएकाे जनाएकाे छ ।

प्रकाशित : बिहिबार, पुष २७, २०७४१५:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यसरी मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस [ फोटोफिचर सहित ]