शितलहरका कारण राैतहटमा १३ जनाकाे ज्यान गयाे

Leaderboard Banner

कनठमाडाै ।  दिनानुदिन बढ्दै गएकाे चिसाेका कारण राैतहटमा १३ जनाले ज्यान गुमाएका छन । बढ्दाे क्रममा रहेकाे शितलहरका कारण देशभरीकाे जनजिवन पव्रभावित हुनुका साथै दर्जनाैले ज्यान गुमार्इसकेका छन । बर्षायामामा बाढी र हिउँदमा शीतलहर मधेसी जनताका लागि अभिसाप नै बन्दै अाएकाे  छ ।

राैतहटमा अहिलेसम्म चिसोका कारण मृत्यु हुनेहरुमा टहरिया नगरपालिका ४ हर्षाहाका बैद्यनाथ साह,गुजरा नपा ७की फुलकुमारी देवी, राजदेवी नगरपालिकाका अलख सिंह, दुर्गा भगवती गापा ५ की चकली देवी, गौर नपा २ का लालु राउतको ज्यान गएको छ ।त्यस्तै गौर नपा ४ की रामपुकारी देवी, बेचबहादुर राना, बिद्या महतो, राजदेवी नपा ७ की अवधी राय, परोहा–२ का शेख समिम, परोहा–९की मरछिया देवी, गढिमाईका नेक महमद मियाँ र गढिमाई नपा ४का महर्जन ठाकुरको मृत्यु भएको छ ।

बर्षामा रौतहटमा बर्षेनी दर्जनौ मानिस डुुबेर ज्यान गुुमाएका थिए भने हिउँदमा न्यानो कपडाको अभावमा दर्जनाैले ज्यान गुुमाईरहेका छन् । पुष पहिलो साताबाटै सुरु भएको शीतलहर अझै जारी छ । दिनभर लाग्ने हुस्सु र चिसो हावाले कतिको ज्यान लिइसकेको छ भने कतिपय कष्टपुर्ण ढंगले बाँचिरहेका छन् । शितलहर पिडितलार्इ सरकारले ठुलाे रकम बाड्ने भनिएता पनि त्याे सबै अाैपचारीकतामा मात्रै सिमित भइरहेकाे छ ।

जिल्ला प्रहरी कार्यालय राैतहटका अनुसार जिल्लाका विभिन्न स्थानमा कम्बल लगायतका न्यानाे कपडाकाे वितरण गरेकाे बताइएकाे छ । तर अलकति मात्रामा वितरण गरीएकाे साम्रागीबाट पिडितलार्इ जाडाे छेक्न्रे भने प्रयाप्त पुगेकाे छैन । पुषकाे पहिलाे सातादेखि लगातार लागीरहेकाे हुस्सु र शितलहरका कारण राैतहटमा कष्टपुर्ण जिवन बिताउन बाध्य जनताकाे सुरक्षाका लागी प्रयाप्त मात्रामा  स्थानीय प्रशासनले दीर्घकालिन र प्रभावकारी पहलकदमी गरेको पाइदैन ।

प्रकाशित : बिहिबार, पुष २७, २०७४१३:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण