आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस

Leaderboard Banner

काठमाडाैँ । नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको दुई सय ९५ औं जन्म जयन्ती मनाईंदैछ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मनुभएका शाहले आफ्नो शासनकालमा भुरे टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गर्नुभएको थियो । यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ । तर सरकारले यस पटक सार्वजनिक बिदा दिएकाे छ ।

आज सरकारी स्तरबाट कुनै औपचारिक कार्यक्रम नभए पनि विभिन्न राजनीति दल, नागरिक अगुवा तथा नीजि क्षेत्रको पहलमा भने बिभिन्न कार्यक्रम हुँदैछ । सिंहदरबारको पश्चिम ढोकाको अगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण तथा एक कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । तर कतिपयले भने शाहको आलोचना गर्छन् । जनजाति महासंघले भने यसकाे बिराेध गर्दै अाएकाे छ ।

प्रकाशित : बिहिबार, पुष २७, २०७४०९:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पृथ्वी जयन्तीमा गायिका एवं नेत्रृ काेमल वलीले गरिन् यस्ताे ट्वीट ….