जापानी आन्तरिक्षयात्रीले मागे माफी

Leaderboard Banner

काठमाडाै ।  एक जापानी  अन्तरिक्षयात्रीले आफू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा गएको तीन हप्तायता आफ्नो उचाइ साढे तीन इञ्च बढेको भन्ने गलत तरिकाले दिएको विवरणप्रति माफी मागेका छन्।

केही समय अघि नोरिसिगे कनोएले अाफ्नाे ट्विट एकाउन्टमा अाफ्नाे उचार्इ एक्कासी बढेकाे समाचार प्रति विराेध भएपछि उनले माफी मागेका हुन । उनले अाफ्नाे ट्विटमा नापमा गल्ती भएको भन्दै आफू खासमा दुई सेन्टिमिटर बढेको बताएका छन्। अन्तरिक्षमा रहदाँ  गुरूत्वाकर्षण नहुने भएकोले मेरुदण्डका करङ्गहरू एकअर्काबाट टाढिन सक्ने अन्तरिक्षयात्रीहरू सामान्यतया अन्तरिक्षमा २ देखि ५ सेन्टिमिटरसम्म बढ्छन्।तर उनले अाफु अस्वभाविक तरीकाले  बढेकाे भन्दै ट्विट गरेपछि उनकाे पुनः उचार्इ नापिएकाे थियाे । अहिले उनकाे उचार्इ १८२ सेन्टिमिटर पाइएको उनले बताए जुन पृथ्वीमा भएको भन्दा दुई सेन्टिमिटर बढी थियो।

उनको पहिलो गलत दावीले सामाजिक सञ्जाल प्रयोगकर्तामाझ विश्वव्यापी चर्चा पाएको थियो।

 

प्रकाशित : बुधबार, पुष २६, २०७४१६:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ओलीको थाइल्याण्ड उड्नुअघि विमानस्थलबाटै आयो यस्तो बोल्ड अभिव्यक्ति !