डा. केसीले इजलासमै गोपाल पराजुली भ्रष्ट र माफिया हुन् भनेपछि…

Leaderboard Banner

काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीले अदालतको अपहेलना गरेको भन्ने मुद्धामा आज  सर्वोच्च अदालतमा भैरहेको इजलासकै क्रममा प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया हुन् भन्दै अभिव्यक्ति दिएका छन्।

डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । सुनुवाईका क्रममा डा. केसीले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् । आफू कसैको रैती नभई सार्वभौम देशको सचेतक नागरिक भएको र संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको बताए ।

उनले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले नै अदालतको अवहेलना गरेको दोहोर्‍याएका छन् । यतिखेर केसीको तर्फबाट उनी पक्षका  वकिलहरुले बहस गरिरहेका छन् ।

प्रकाशित : बुधबार, पुष २६, २०७४१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सवारी साधन भाडामा लिई ठगी गर्ने दुईजना पक्राउ !