बेसाहारा एकल महिलाको साहारा बन्दै सविनाको राइज एण्ड साइन

Leaderboard Banner

सिटन पुरी
काठमाडौँ । एकल महिला सबिना चाम्लिङ राइको राइज एण्ड साइन बेसाहारा महिलाहरुको सहारा बन्दै गएको छ । बिभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको यस संस्थाको सहयोगमा एकल तथा बेसाहारा महिलाहरु आत्म निर्भर बन्न सफल भएका छन् । वि सं २०६८ सालमा स्थापना भएको राइज एण्ड साइनले उनले ब्युटी पार्लर, टेलरिंग, अचार बनाउने, विभिन्न ह्यान्ड्डी क्राफ्ट, साबुन बनाउने जस्ता विभिन्न सिसिमका आयआर्जन मूलक तालिमहरु दिदै आएको छ ।

कसरी स्थापना भयो राइज एण्ड साइन

यो संस्था एकल महिला सबिना चाम्लिङ राइको दुखले जन्मिएको हो । एकल महिलालाई हेर्ने हाम्रो समाजको बिभेदकारी दृृष्टि अझै पनि ब्याप्त छ । आयआर्जन नहुने महिलाहरुलाई अहिले पनि नराम्रो ब्यवहार गरिदै आएको छ । मोटर दुर्घटनामा श्रीमान गुमाएकी सबिनाले पनि यस्तै दुख र ब्यवहार धेरै बेहोर्नु भयो । लाउँलाउँ खाउँखाउँ भन्ने २७ वर्षे कलिलो उमेर मै पति गुमाएकी सबिनाले समाजले गर्ने नराम्रो ब्यवहार मात्र होइन ४ जना बच्चाको लालन पालनको जिम्मेवारी पनि सहनु प¥यो ।

सविनाको संघर्ष, छोराछोरी हुर्काउन पढाइ

श्रीमान नभए पनि आफ्ना सानासाना छोराछोरीलाई जिन्दगी ठानेर संघर्ष गर्नुपर्छ भन्ने सोचमा सबिना किताब कापी च्यापेर आफ्ना नानीहरु संगसंगै धरानको साधा बालिका बिधालयमा कक्ष नौ मा भर्ना हुनुभयो । दुई वर्षको कडा मेहनतपछि उनले एस. एल. सी. दोस्रो श्रेणीमा पास गरिन उनको लागि त्यो दिन जीवनको सबै भन्दा ठुलो खुसीको दिन थियो ।

नानीहरुलाई पडाउनको लागि केहि भएपनि सहयोग हुन्छ भन्ने आशाले उनले सोहि बिद्यालयमा काम गर्न थालिन् । तर जागिर दिन भने त्यहाँको ब्यवस्थापन तयार नभएपछि छोडेर धरानको अर्कै बिधालयमा पढाउनको निम्ति गइन तर त्यहाँ पनि उनको संघर्ष र कस्टलाई बुझिदिने कोही भएन ।

एसएल सी पास गरेकी सबिनाले जागिर चाहियो भन्दा उल्टै बिहे गर्ने सुझाब दिने धेरै भए । जागिर खोज्दा उनले काम होइन सुझाब पाउँथिन् । एक जना प्रधानध्यापकले नै उलाई उनले “मलाई काम चाहिन्छ सर भन्दा मुसुक्क मुस्कुराएर सबिना जी अब तपाइँले बिहे गर्नुहोस भनेर पठाए ।

सबिनालाई यही कुराले आज यहाँ सम्म पु¥याएको छ । धरान छोडेर धनकुटाको सिदुवामा आएपछि सबिनाको जीवनले नयाँ मोड लियो । त्यहाँ उनले केही समय शिक्षण पेसा गरिन् । र बालबच्चा पढाइन् छोराछारी हुर्काइन् त्यसपछि पनि सबिनाका दिन फेरिएनन् । अन्ततः सम्भाबनाहरु खोज्दै अठार वर्ष आगाडि काठमाडौँ आएकी उनी छ वर्ष शिक्षण पेसा गरिन् । जीवनमा भोगेका यी कष्टहरुले उनलाई समाजसेबी बनायो ।

एकल महिलाहरुलाई सशक्तीकरण गरेर समाज सेवामा सारिक गराउंदै राष्ट्र निर्माण सम्म पु¥याउने काम राइज एंड साईन ले गर्छ्र । मुसुक्क हास्दै उनी भन्छिन “अब सबिना चामलिंग म एक्लै होइन हामी हौ मैले भोगेको कष्टबाट राइज एंड साइन एन. जी. ओ. सुरु भयो ।
उनीसंग नौ जनाको बोर्ड छ्र उन्ले एकल महिला समूह ठाउँ–ठाउमा गठन गर्दै र एकल महिला समूहभित्र बचत कार्यकमहरु पनि गर्दै आएरहेकी छिन् । उक्त बचत गरेको रकम बाट आबस्यकतामा परेका महिलाहरुलाई सहयोग गर्छिन् । नाखिपोटमा अहिले उनि ४५ जनाको समूहलाई नेतृत्व गर्दै आएकी छिन् । समुहमा ५० रुपैया सुरु गरेको बचत अहिले २०० भएको छ्र यसरी महिनामा एक चोटी भेला भएर एकल महिला महिलाहरुले बचत गर्दै आएको बजेट अहिले करिब ६ लाख पुगिसकेको छ । जम्मा गरेको रकम, राहत कोष उनीहरु ग्रुपमा जसले आबस्यकता पर्छ उनीहरुलाई सहयोग गर्छन् । कतिपयले यसरी आफैले बचत गरेकै रकमबाट पैसा झिकेर सानो तिनो पसल पनि खोलेर आफ्नो जिबिकोपार्जन गरिरहेका छन् ।

सबिनाको सहयोगले सफल भएकाहरु

टउखेलदेखि आधा घण्टा भित्र लेलेन्थोकमा बसोबास गर्दै आएकी ६७ बर्सिय पार्वती तामांग पनि एकल महिला जसलाई सबिना चामलिंगले साबुन बनाउने तालिम दिईसकेपछि पार्वती तामांग ले आफैले साबुनको झोल बेचेर कमाएको पेसाले आफैले किनी राखेको सानो जग्गामा आफैले घर बनाएर बसेकिछिन् साथै त्येही साबुनको झोल बेचेर एउटा सानो पसल सुरु गरेकी छिन् । पार्वती तामांगले आफ्नो जीवन गुजारा त्यहि पसलबाट गर्दै आएरहेकी छिन् । राइज. एंड. साइन एन. जी. ओ. ले घुम्ती कोष बाट जम्मा भएको रकमले एकल महिलाहरुको आवस्यकतामा ठूलो सहयोग गर्न सफल भएको छ्र ।

तेस्तै अर्की एक जना एकल महिला हुन् मनखुसी घले उनले टेलरिंग को तालिम लिएपपछि सोहि तालिममा सिकेको कुराहरुलाई जीवनमा प्रयोग गरेर प्रेरणा बिध्यलामा कक्षा एक देखि पडाइ सुरु गरेर अहिले कक्षा १० मा अधनरत छिन् पडाईलाई उमेरले छेक्दैन भन्ने कुराको साबित ररेकी छिन् उनले । अर्की एक जना महिला ज्योति मगर जसले साबुनको झोल बेचेरै महिनाको ७ हजार कमाउछिन् ।

एकल महिलाको प्रेरणा बन्दै सबिना

सबिना चामलिंग अन्य एकल महिलाको निम्ति प्रेरणाको श्रोत बनिकिछिन् । अब त समय धेरै आगाडि आएसकेको छ । राम्रो भैसकेको छ्र देशको लागि, समाजको लागि अनि एकल महिलाहरुको लागि अहिले त कानुन पनि महिला मैत्री बनिसकेको छ । अब चाहि एकल महिलाहरु कुनामा बसेर रुदै जीवन बिताउनु पर्ने अवस्था छैन । अलिकति आगाडी बढेरमाथि आउन सक्ने परिवेशहरु सिर्जना हुँर्दैछ । सबिना भन्छिन् “अब श्रीमान हुनुहुन्न भनेर पुर्पुरोमा हात राख्ने दिनहरु गए । म केहि गर्न सक्दिन भन्ने खालको कमजोर मानसिकता लिनु हुँदैन ।”

प्रकाशित : बुधबार, पुष २६, २०७४११:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राेकीराखेकाे ट्रकमा ठाेकिएर माेटरसाइकल चालककाे मृत्यु