डा.केसीकाे रिहार्इ माग गर्दै नयाँ शक्ति धर्नामा

Leaderboard Banner

काठमाडाै । सर्वाेच्च अदालतकाे मानहानीकाे मुद्दामा पक्राउ परेका डा. गाेविन्द केसीकाे रिहार्इकाे माग गर्दै नयाँ शक्ति पार्टी अाज माइतीघरमा धर्नामा बस्ने भएकाे छ ।

डा. केसीलार्इ पक्राउ गरेपछि हजाराै सर्मथकले मंगलबार देखि माइतीघरमा प्रर्दशन गरीरहेका बेला अाज दिउशाेँ १२ बजे देखि बाबुराम सहितकाे सामाजिक अभियान परिचालन समितिले  मण्डलामा प्रदर्शन गर्न लागेको हो । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले ट्विट गर्दै  डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउन र उहाँको रिहाइका लागि जनदबाब सिर्जना गर्न र अदालतलाई साँच्चै न्यायालय बनाउन एकजुट हुनअाग्रह गरेका हुन । हिजाे बयान लिएकाे सर्वाेच्चले अाज पनि अदालतमा मुद्दाकाे सुनुवार्इ जारी रहेकाे छ ।

स्वास्थ्य अवस्था कमजाेर भएका केसीलार्इ हिजाे विरअस्पताल लगिएपनि अाज अदालतमा उपस्थित गराइएकाे छ । केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहसको नेतृत्व  गरीरहेका छन ।

प्रकाशित : बुधबार, पुष २६, २०७४११:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बेसाहारा एकल महिलाको साहारा बन्दै सविनाको राइज एण्ड साइन