अब लार्इसेन्सका लागी देशभर अनलाइन फर्म

Leaderboard Banner

काठमाडाै । २०७३ सालदेखि काठमाडाैमा मात्र अनलाइनबाट लार्इसेन्सकाे फर्म र्भन सकिने व्यवस्था अाइतबारदेखि देशभरमा सञ्चालनमा अाउने भएकाे छ । यातायात व्यवस्था विभागले अब लाइन लागेर सवारी चालक अनुमतिपत्र लिनुपर्ने बाध्यतालार्इ हटाउदै याे व्यवस्था सुरू गरेकाे हाे ।

काठमाडाैमा एक वर्ष अगाडी देखिनै सञ्चालनमा अाएकाे अनलाइन सिस्टममा प्राविधक समस्या अाएकाे कारण सेवा प्रभावकारी भने बन्न सकेकाे थिएन । याे समयमा भएकाे सिकार्इका कारण अब भने यस्ताे समस्या नअाउने यातायात विभागले जनाएकाे छ । विभागले अनलाइन लाइसेन्स फारम भर्ने सुविधालाई विस्तार नगर्दा मोफसलका कार्यलयमा फारम भर्नेहरुको लामो लाइन लाग्ने गरेको छ । लामो अन्तरालमा लाइसेन्स खुल्ने भएकाले उपत्यकाबाहिरका लाखौं सेवाग्राहीले यातायात कार्यालयमा ठूलो सास्ती बेहोर्ने गरेका छन् ।

विचौलियाको बढी चलखेल हुने निकायमध्ये अग्र स्थानमा रहेकाे यातायात विभागमा लाइसेन्सकाे फर्म भर्नका लागी दैनिक हजाराै उपभाेक्ता हरू लाइन बस्नुपर्ने बाध्यता थियाे । तैपनि कतिपय ले फर्म भर्ने समय नभएर घर फर्किनुपर्ने  अवस्था थियाे ।अनलाइन फारमको व्यवस्थापछि विभागमा घण्टौं लाइन बस्नुपर्ने बाध्यताका साथै अन्य सेवाग्राहीको सास्ती पनि कम हुने विभागले दावि गरेकाे छ ।

विभागका अनुसार अब सेवाग्राहीलार्इ फर्म भर्न निकै सजिलाे हनेछ ।  विभागको आधिकारिक वेबसाइटमा यो सेवाको लिंक उपलब्ध छ । विभागको होम पेजमै ‘अनलाइन सवारी चालक अनुमतिपत्र’ भन्ने लिंक मेनु छ । यो लिंक क्लिक गरेर फारम भर्न सकिनेछ ।त्यसमा आफूले लाइसेन्स लिन लागेको कार्यालयलाई छान्नुपर्छ । र, फारममा आवदेनकर्ताले सबै व्यक्तिगत विवरण भर्नुपर्छ ।आफ्ना आधिकारिक कागजातमा उल्लेखित विवरणसँग मिल्ने गरी फारम भरेर अनलाइनमा ‘सबमिट’ गर्नुपर्छ र त्यसपछि अनलाइन सिस्टमले नै दर्ता भएको फारमको प्रमाणपत्र दिनेछ, जसलाई प्रिन्ट गर्नुपर्छ ।

यसका साथै अनलार्इन फर्म सम्बन्धि सबै प्रक्रियाहरू अनलाइन सिस्टममै उपलब्ध छन । यातायात विभागकाे याे कार्यबाट उपत्यकाबाहिरका लाखौं सेवाग्राही लाभाम्बित हुनेछन ।

 

प्रकाशित : बुधबार, पुष २६, २०७४११:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डा.केसीकाे रिहार्इ माग गर्दै नयाँ शक्ति धर्नामा