शेयर बजार परिसुचक नेप्से १३ अंकले बृदि

Leaderboard Banner

काठमाडाै । गत साता अाेरालाे लागेकाे नेप्से याे साताकाे मंगलबार भने १३ अंकले बृदि भएकाे छ ।

उत्पादनबाहेक सवै समूहको परिसुचक बढेको नेप्से  १३ अंकले बढेर १४ सय ५६ विन्दुभन्दा माथि पुगेको हो ।अाज उत्पादन समुह भने ३ दशमलव ११ अंकले घटेको छ । मंगलबार सबै भन्दा माथी पुगेकाे होटल समुह ६० अंकले बढेको छ ।  यस्तै, बीमा ३४ दशमलव २८, बैकिंङ्ग १२ दशमलव ९६, लघुवित्त १७ दशमलव ९५, विकास बैक १४ दशमलव ३७, जलविद्युत ५ दशमलव ८७, वित्त शुन्य दशमलव ६४ अन्य ४ दशमलव ९६ र बाणिज्य १ दशमलव २६ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ६ करोड ३६ लाखभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, पुष २५, २०७४१६:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पार्टी एकता र सरकार गठनको चटारोकैबिचमा ओली किन जान लागे बैंकक ?