भयो सनसनीपूर्ण खुलाशा: बेलायतको संसदमा दैनिक १६० पोर्न (अश्लिल) साईट खोल्ने प्रयास

Leaderboard Banner

एजेन्सी । बेलायतको संसदमा सन् २०१७ मा दैअनिक १६० पटक पोर्न साइट्स ( यौन जन्य बेवसाइट ) खोल्ने कोसिस गरिएको तथ्यको सनसनीपूर्ण खुलाशा भएको छ।

यो खुलासा सोमवार बेलायतको प्रेस असोसिएशन (पीए) ले गरेको हो। पछिल्लो वर्ष जुन महिनामा भएको चुनावपछि संसदीय नेटवर्कसँग जोडिएको नेटवर्कबाट २४,४७३ पटक अश्लिल अश्लील वेबसाइटहरु खोल्ने कोशिस गरिएको छ। यो डाटा फ्रीडम अफ इन्फोरमेसनको निवेदनमा उल्लेख गरिएको छ।

– ब्रिटेन संसदमा दैनिक १६० पटक अश्लिल साइट खोल्ने कोसिस,
– २४,४७३ पटकवेबसाइटहरु खोल्ने प्रयास गरिएको तथ्य,
– यो तथ्यसहितको डाटा फ्रीडम अफ इन्फोरमेसनको निवेदनमा उल्लेख छ।

प्रधानमन्त्री थेरेसा मे वेस्ट्मिन्स्टरमा यौन दुर्व्यवहारको आरोपबाट गुज्रिरहेकी छिन्। उनी निकट एक सहपाठीका एवम् मन्त्री दैमियाँ ग्रिनलाई गर्न बाध्य भईन्। किनकी प्रहरीले २००८ मा उनको कम्प्युटरमा अश्लिल सामग्री भेट्टिएको दावी गरिएको थियो। स्मरण रहोस्, संसद्को इन्टरनेट नेटवर्कको प्रयोग संसदका सदस्य, र स्टाफ सदस्यहरुले मात्र गर्ने गर्छन। संसदका अधिकारीहरुले दावा गरे अनुसार यो कोशिस जनेबुझेर नभैई अन्जानमा भएको बताएका छन्। उनीहरका अनुसार यो वर्ष अश्लिल साईट खोल्ने प्रयासमा गिरावट आएको हो।

प्रकाशित : सोमबार, पुष २४, २०७४१६:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अन्तरिक्षमा ६ पटक यात्रा गरिसकेका नासा वैज्ञानिक जान यंगको निधन!