उत्कर्षमा पुग्दै “ह्युमन ट्राफिकिङ”!!

Leaderboard Banner

मञ्जु  टेलर

कुनै एक शहरमा मान्छेहरूले भरीएकाे गल्लीको बाटाे कुनै डांस बारमा गएर टुङ्गिन्छ । जहाँ साझ परेपछि  मान्छेहरू जम्मा हुन्छन र रमाइलाे गर्छन । अनि मस्त तालमा नाचिरहेका युवती संगै मानिसहरू झुम्मिन्छन । जब मस्त तालमा मदहाेस हुन्छ सहर एउटा अर्काे समुह त्यता पुग्छ र त्यहाँ उपस्थित युवतीहरूकाे माेलमाेलार्इ गर्छ जुन  बिहानसम्म चलिरहन्छ । त्यसपछि ती युवतीलार्इ कतै ठुलाे सहरमा अवस्थित डांस बारमा लगिन्छ ।

नेपालमा   केटीहरुको तस्करी कुनै नयाँ समस्या भने हाेइन । वि.स २०७२  मा आएको विनाशकारी भूकंप पछि नेपाली युवतीहरुको तस्करीमा अचानक वृदी ल्यायाे जुन  नेपाल सरकार र नेपाल पुलिस को ठुलाे चिन्ताकाे विषय हाे । नेपाल पुलिसका  प्रवक्ता मनोज न्याैपानेका अनुसार  “समस्या यति  ठूलो छ की  जुन सजिलै  समाधान गर्न सकिदैन । उनका अनुसार २०१७  सम्म नेपाल पुलिसले २७०० भन्दा बढी नेपाली युवतीहरूलाई तस्करहरू र दलालहरूको फन्दाबाट बचाएकाे छ । उनका अनुसार मानव तस्करी को यो जाल धेरै ठूलो छ र यसको तार यहाँ देखि लिएर भारत र विदेश सम्म फैलिएकाे छ ।  बढ्दाे रूपमा भइरहेकाे मानव तस्करीलार्इ राेक्न नेपाल प्रहरीले एउटा विशेष संयन्त्र बनाएकाे छ जुनमा केही सम्भव पनि भएकाे छ ।

एक अमरीकी संस्थाले मानव तस्करीका बारेमा गरेकाे अनुसन्धानमा प्रत्येक साल नेपालमा  करीब १२ हजार नेपाली युवतीहरू  तस्करीकाे शिकार हुने गरेका छन ।  सिमानामा सुरक्षार्थ खटिएकाे शसस्त्र प्रहरीका अनुसार नेपाल र भारत बिचकाे खुला सिमानाका कारण  तस्करी राेक्न असम्भव नै छ । नेपाल भारतकाे सुनाैली नाकामा कार्यरत दिलीप कुमार झा भन्छन्, “त्यस्ता  युवतीहरुलाई रोक्न गाह्राे छ जुन परिपक्व छन र अाफ्नाे ख्याल गर्न सक्छन । धेरैजसाे युवतीहरू अाफ्नाे मान्छेहरू संग नै हुने भएकाले पनि उनिहरू लार्इ राेक्न गाह्राे हुन्छ ।  झा का अनुसार कतिपय युवतीहरू तस्करीकाे शिकार हुन्छन भन्ने थाहा पाउदाँ पाउदै पनि उनिहरू संग भएका सक्कली कागजातले हामीले राेक्न मिल्दैन । तर कतिपय अवस्थामा शंका लागेका व्यक्तिलार्इ पक्रने गरेकाे भएपनि याे समस्या धेरै ठुलाे छ ।

किन हुन्छ नेपालबाट अत्यधिक मानव तस्करी

नेपालमा भएका  विभिन्न  अनुसन्धानका अनुसार  गरीबि र अशिक्षा मानव तस्करीमा मुख्य कारणहरू हुन ।  विशेषगरी दुर्गम क्षेत्रमा अशिक्षा र राेजगारीकाे चरम हभावका कारण बाहिर जादाँ बढिजसाे युवती हरू दलालकाे फन्दामा पर्ने गरेका छन । पछिल्लाे समयमा जटिल बन्दै गइरहेकाे ह्युमन ट्राफिकिङ काे जालाे भारत सम्म मात्र नभर्इ चीन , श्रीलका र अरबका देश सम्म फैलिएकाे छ । जहाँ नेपालबाट लगिएका युवतीहरूलार्इ देह व्यापार गर्न बाध्य पारीन्छ ।

विभिन्न बाहानामा फकाएर लगिएका यस्ता कतिपय युवती एड्स जस्ता भयङकर राेगका सिकार भएर फर्किन्छन । भने कतिपय चेलीहरू सकुशल घर फर्कन सकेपनि समाजमा सजिलै बस्न सक्दैन । दर्दनाक जिवनबाट मुक्त भएर अाएका नेपाली चेलीले नेपालमा घरपरीवारले नस्विकारी दिदाँ झन बिच्चलीमा पर्ने गर्छन ।

काठमाण्डौकाे  एक पुनर्वास केन्द्रमा बस्ने एक युवती भन्छिन,”मलाई राम्रो जागीरको अासा देखाएर भारतकाे दिल्ली लगिएकाे थियाे ।  तर जब जब त्यहाँ पुगे त आफु लार्इ एउटा सानाे गन्हाउने काेठामा पाए । जहाँ म जस्ता धेरै युवतीहरू थिए । त्यसपछि म काेठीमा काम गर्न बाध्य भए । धेरै महिना पछि म त्यहाँ बाट भाग्न सफल भए र अहिले याे पुर्नवास क्रेन्द्रमा जीवन बिताइरहेकी छु ।  याे त एक प्रतिनिधि घटना मात्रै हाे , यस्ता कतिपय महिलाहरू नेपाल फर्केर पनि समाजमा स्थापित हुन सकिरहेका छैनन ।

 

महिलाहरू पछिल्लाे समयमा शिक्षित हुदै गइरहेकाेले यी घटनाहरू नदाहाेरीनुपर्ने हाे तर मानव तस्करी झनझन बढीरहेकाे छ ।  पछिल्लाे तथ्याङक अनुसार   राेजगारकाे लागी विदेशिने महिला र अाफ्न्तकाे भरमा बाहिरिने महिलाहरू देह व्यापारकाे फन्दामा पर्ने गरेका छन ।  नेपालमा राेजगारीकाे उचित अवसर र पर्याप्त जनचेतनाकाे विकाश हुन सके मानव तस्करीलार्इ केही मात्रामा कम गर्न सकिन्छ । त्यसका साथै उद्दार गरेर नेपाल ल्याइएका नेपाली चेलीलार्इ समाजमा सजिलै पुनः स्थापित गर्न सके उनिहरूकाे अात्मामा रहेकाे घाउलार्इ सजिलै मेटाउन सकिन्थ्याे की ?

बिबिसि हिन्दीबाट

 

प्रकाशित : सोमबार, पुष २४, २०७४१७:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बिरामीको पेटमा फलामको पाईप भेटिएको काण्ड: अस्पतालले यसरी गरेको रहेछ लापार्वाही !