पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता: भेटपछि योगीले गरे यस्तो ट्वीट

Leaderboard Banner

काठमाडौं- केहि दिन पहिले देखि सूदुरपश्चिमका विभिन्न धार्मिक स्थलको भ्रमणमा रहेका  पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मुख्यमन्त्री एवम्  भारतीय जनता पार्टीका नेता आदित्यनाथ योगीसँग भेटवार्ता गरेका छन्।

भारतको लखनउस्थित सरकारी निवासमा उनीहरुको भेटवार्ता भएको थियो। सो अवसरमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए। ‘आज लखनउस्थित सरकारी निवासमा नेपालका पूर्व नरेश ज्ञानेन्द्र वीर विक्रम शाहले भेट गर्नुभयो,’ योगीले आफ्नो ट्विटरमा उल्लेख गरेका छन्।

शाहपुस १४ गते सपरिवारसहित मध्यपश्चिम तथा सूदुरपश्चिमका विभिन्न धार्मिक स्थल एवम् पर्यटकीय स्थलहरुको भ्रमणसँगै पूजाअर्चना सक्काएर लखनउ पुगेका हुन् ।

प्रकाशित : सोमबार, पुष २४, २०७४१४:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अबदेखि पत्रकारहरू संग समाचारकाे स्राेत माग्न नपाइने