प्रधानमन्त्री देउवाले बुझाए चुनाबकाे खर्च विवरण, हेर्नुस कुन शिर्षकमा कति खर्च ?

Leaderboard Banner

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाबकाे खर्च विवरण पेस गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार खर्च विवरण बुझाएका हुन् भने अन्य उम्मेदवारहरुले योभन्दा अगाडि नै बुझाइसकेका थिए। देउवाको चुनाव खर्च २३ लाख प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा २३ लाख ४ हजार पाँच सय खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्। देउवाले सबैभन्दा बढी गोष्ठी/कार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च गरेको विवरणका छन्।

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ जनामध्ये ८ उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन्। निर्वाचनको मतपरिणाम प्रकाशन भएको झन्डै ४ साता पुग्दासमेत अझै ६ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी छ। प्रतिनिधिसभाको निर्वाचनमा खर्च विवरण बुझाउने उम्मेदवारहरुमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कांग्रेस सभापति एवं प्रधानमन्त्री  देउवा, राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका लालबहादुर जाग्री र स्वतन्त्र उम्मेदवारी दिएका कर्णसिंह रावल रहेको जिल्ला निर्वाचनका कार्यालय डडेल्धुराले जनाएको छ।

प्रकाशित : आइतबार, पुष २३, २०७४१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एमालेको स्थायी समिति बैठक बस्दै , एकताको विषयमा छलफल हुने