दक्ष जनशक्ति अब विदेश जानु नपर्ने ः राजेश काजी श्रेष्ठ

Leaderboard Banner

बिन्दुमाया मोक्तान
काठमाडा,पुस २३ । काठमाडौको नक्साल स्थित सेलेबे्रसन व्याङकुइटमा नेपाल फर्निचर तथा फर्निसिङ व्यावसायी महासघंले तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उदघाटन च्याम्बर अफ कर्मसका अध्यक्ष राजेश काजि श्रेष्ठले गरेका थिए्र । श्रेष्ठले कार्यक्रममा सम्बोधन गर्दै दक्ष जनशक्तिहरु सबै बिदेश पलायन भएका कारण देशमा जनशक्तिको अभाबले गर्दा कतिपय उद्योग बन्द भएको बताएका छन् । उनले देशका दक्ष जनशक्ति लाई कसरि विदेश पलायन हुनबाट रोक्ने भन्ने कुरा सरकारले ध्यान दिए स्वदेशमै ब्यबसाय स्थिर रहने दावि गरे ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यावसायी महासघंले प्रस्तुत गरेको प्रतिवेदनमा केहि दशक अघिसम्म विलासिताका बस्तुमा गरिने फर्निचर तथा फर्निसिंङ्गका सामाग्रीहरु आजको वर्तमान युगमा मानव जीवनको एक महत्वपूर्ण पाटो बन्न पुगेको र यस क्षेत्रमा अरवौँको लगानी रहेकोले लाखौको संख्यामा रोजगारीको सिर्जना गर्न सकिने कुरा उल्लेख गरीएको छ । प्रतिवेदनका अनुसार उपलब्ध स्रोत साधन सहज पहुच नहुनु र दक्ष एवंम दक्ष कामदारको अभावको बावजुद बजारको मागको ५० प्रतिशत हिस्सा मात्रै स्वदेशी उत्पादनले ओगट्न सकेको कुरा उल्लेख छ ।
आधुनिक प्रबिधि र दक्ष कामदारको उपलब्धता एवं स्वदेशमा उपलब्ध स्रोत साधनमा सहज पहुचले गुणस्तरीय उत्पादन र प्रतिस्पर्धात्मक वस्तुको उत्पादन गरि आयातलाई प्रतिस्थापन गर्दै निर्यातमुलक उत्पादनले देशको अर्थतन्त्रको दिगो बिकासमा यस छेत्रले महत्वपूर्ण योगदान पुर्याउने यस ब्यबसायका अध्यक्ष सुरेन्द्र शारदाले बताए्र । साथै यस नेपाल फर्निचर तथा फर्निसिङ्ग महासंघलाइ देशकै अब्बल महासंघका रुपमा स्थापित गराउने अभिलाषाका साथ सहि मार्गमा हिड्ने र यसको उपस्थितिलाइ देशभर फैलाउने जमर्को गरिरहेको व्यवसाय महासंघले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले नया ढंगले एकजुट भएर बिकास निर्माण गरे राज्यमा ब्यबसायलार्इ पहिचान दिएर स्वदेशमै रोजगारी गर्न सकिने बताए । उनले देशले स्थिर सरकार र नया प्रशासनिक प्रणालिमा राज्यका सम्यन्त्रहरु प्राप्त गर्नै र यि संयन्त्रले राम्रो कार्य गरी देशकमा आर्थिक सम्बृद्धिको ढोकाहरु खोल्ने व्यवसायमहासघंको अपेक्षा रहेको बताएका छन् ।
कार्यक्रममा यस नेपाल फर्निचर तथा फर्निसिङ्ग ब्यावसायी महासघंको दोस्रो अधिवेशन समिती चयन गरिएको छ ।

प्रकाशित : आइतबार, पुष २३, २०७४१७:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यसरी बन्न सकिन्छ यु ट्युब स्टार