पोखरामा बसमा आगजनी

Leaderboard Banner

पोखरा,  पोखरा लेखनाथ महानगरपालिका–५ जिरो किलोमिटरमा पार्किङ गरी राखेको बसमा आज दिउँसो आगजनी भएको छ ।

सडक छेउमा पार्किङ गरी राखिएको ना ५ ख ७२०४ नंको बसमा आगजनी भएकामा बसभित्र यात्रु नभएका कारण मानवीय क्षति भने हुन नपाएको कास्की प्रहरीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार बसको भित्री भाग सबै जलेर नष्ट भएको छ ।

बसमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा पोखरा लेखनाथ महानगरपालिकाद्वारा सञ्चालित दमकलले नियन्त्रणमा लिएको थियो ।

बसमा कसरी आगो लाग्यो भन्ने कारण खुल्न नसकेको र उक्त घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस

प्रकाशित : शनिबार, पुष २२, २०७४१९:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पार्टी एकताको निर्णायक वार्ताको प्रतीक्षामा……