जाजरकोटमा भाइरल ज्वराेका कारण ९ जनाको मृत्यु, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

Leaderboard Banner

जाजरकोट । जिल्लाकाे जुनीचाँदे गाउँपालिकामा दुई सातादेखि फैलिएको भाइरलका कारण ९ जनाको मृत्यु भइसकेको छ भने २ हजार बढी बिरामी परेका छन् । मृत्यु हुनेमा ४ वृद्धवृद्धा र ५ जना बालबालिका रहेको अहेव हरिबहादुर सिंहले बताए ।

ज्वरोले जुनीचाँदेका ५ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका वृद्धलाई बढी सताएको उनले बताए । भाइरलले रोगविरुद्ध लड्ने शक्ति कमजोर भएका र दम तथा श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्तिलाई समस्या पारेको उनले बताए । जुनीचाँदेमा जाडो बढेपछि भाइरलको प्रकोप फैलिएको उनले बताए । जाडोका कारण भाइरलका बिरामी बढ्दै गएको उनले बताए ।

बिरामी चिसोबाट बचे भाइरलको उपचारमा सहज हुने उनले बताए । जुनीचाँदे २, मजकोटमा शनिबार सञ्चालन भएको घुम्ती शिविरमा २ सय जनाको उपचार भएको उनले बताए । औषधि अभाव हुँदा थप उपचार गर्न समस्या भएको सिंहले बताए ।

जुनीचाँदे जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, मजकोट, आलीमौगाना, डाँडाकोट र परालेमा भाइरल ज्वरोको प्रकोप देखा परेको जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्ण केसीले बताए । भाइरल प्रभावित क्षेत्रमा औषधिसहितका स्वास्थ्यकर्मी शनिबार बेलुकी मात्र पुगेको अध्यक्ष केसीले बताए ।

प्रकाशित : शनिबार, पुष २२, २०७४१८:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

IELTS, TOEFL काे प्रश्नपत्र आउट गर्ने १३ जना पक्राउ