संविधानको व्यवस्था अनुसार नै प्रदेशको राजधानी तोकिने

Leaderboard Banner

काठमाडौं। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको व्यवस्था अनुसार नै प्रदेशको राजधानी तोकिने प्रष्ट पारेका छन् । काठमाडौं–धनकुटा सम्पर्क समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले आधारभूत कुराहरु र सम्भावना भएको स्थानलाई प्रदेशको राजधानी तोक्ने गृहकार्यमा सरकार रहेको जानकारि दिए । उनले भने ‘छिट्टै प्रदेश प्रमुख र प्रदेशका अस्थायी राजधानी संविधानले व्यवस्था गरेअनुसार प्रक्रियागत रुपमा नै तोकिने छ ।’

निर्वाचनपछि संक्रमणकालको अन्त्य भएको र मुलुक अब समृद्धिको बाटोतर्फ उन्मुख भएको पनि उनले बताए । उनले भने,‘लामो समय देखिको संक्रमणकालको अन्त्य भएको छ, कांग्रेसले त्यसको नेतृत्व लियो, कांग्रेस चुनाव हारेर पनि मुलुकले जितेको छ, यसले पनि कांग्रेस र लोकतन्त्रको भविष्य उज्वल छ भन्ने संकेत गर्दछ, त्यसैले कांग्रेसलाई नयाँ तरिकाले जनताकोबीचमा जानुको विकल्प छैन ।’

प्रकाशित : शनिबार, पुष २२, २०७४१८:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ओली र प्रचण्डबीच आज हुने भनिएको भेटवार्ता आखिर किन भयो स्थगित ?