राप्रपाले आफ्नो हारको दोस काँग्रेसलाई थोपर्दै निकाल्यो यस्तो निष्कर्ष !

Leaderboard Banner

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले आफ्नो चुनावी हारको परीणाम समिक्षा गर्दै आफ्नो निरासाजनक हारको दोष भने आफ्नो गठबन्धन सहयात्री पार्टी नेपाली कांग्रेसलाई दिएको छ ।

उसले आफ्नो चुनावी समिक्षा गर्न बसेको केन्द्रीय कार्यसमिति बैठकमा आफुहरुले चुनावमा हार्नुको निष्कर्ष निकाल्दै ९ बुँदेमा हारका कारण प्रस्तुत गरेको छ। साथै राष्ट्रवादी तथा हिन्दुराष्ट्र पक्षधर शक्तिलाई कमजोर बनाउनराष्ट्रिय अन्तराष्ट्रिय शक्तिले षडयन्त्र गरेको र पार्टी फुटाएको उसले बताएको छ । राप्रपाले लोकतान्त्रिक गठबन्धन प्रभावकारी हुन नसकेको र कांग्रेसले सम्झौताअनुसार सिट नदिएको आरोप पनि लगाएको छ । हारको कारण भन्दै उसले भनेको छ, ‘लिखित रुपमा भएको सम्झौता अनुरुप कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमान्दारितापूर्ण सहकार्य नहुनु ।’

प्रतिनिधिसभामा कांग्रेसले राप्रपालाई चार सिट दिएको थियो भने प्रदेशमा पनि केही सिट दिएको थियो । राप्रपाले उम्मेदवार कम उठाउनु, संविधान संशोधनबारे स्पष्ट अडान लिन नसक्नु, साधन श्रोतको अभाव रहनु लगायतलाई पनि चुनावी हारको कारण मानेको छ । सरकारमा सहभागिताबारे भने जनतामा भ्रम रहेको र त्यसलाई चिर्न नसकेको दाबी गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले चुनावको नजिता स्वीकार गरेको बताए । तर, चुनावी हारको जिम्मेवारी लिएर राजीनामा दिन कुनै योजना नरहेको उनले बताए । थापाले आफ्नो राजीनामाबारे पार्टी बैठकमा कुनै पनि खालको प्रश्न नै नउठेको समेत उल्लेख गरे।

प्रकाशित : शनिबार, पुष २२, २०७४१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मौसमविद् भन्छन्ः अझै चिसो बढ्छ, काठमाडौँमा माइनस ३ डिग्री