फेरी अाेरालाे लाग्याे शेयर बजार

Leaderboard Banner

काठमाडाै । साेमबार र मंगलबार  उकालो लागेको सेयर बजार बुधबार फेरी दोहोरो अंकले घटेको छ । बुधबार सेयर बजार परिसूचक नेप्से २० दशमलव ६३ अंकले घटेर १४१६ दशमलव ६१ अंकमा झरेर रोकिएको हो ।

अघिल्लाे २ साता लगातार आरोलो लाग्दै १० दिनसम्मको कारोबार दिनमा सेयर बजार १ सय २९ अंकले घटेको थियो । पछिल्लो दुई दिन सोमबार ४४ अंक र मंगलबार २ अंक गरि ४६ अंकको सुधार भएको थियो । बुधबार कारोबार मापक सूचक संगै कारोबार रकम समेत घटेको छ । बुधबार क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव ३९ अंकले घटेर २९८ दशमलव ०७ अंकमा झरेको छ भने कारोबारमा आएका सबै उपसूचक घटेका छन् । बैंक १ दशमलव ३१, ट्रेडिङ ० दशमलव ६९, होटल १ दशमलव ३६, विकास बैंक १ दशमलव ०६, जलाबिद्युत १ दशमलव ३४, फाइनान्स ० दशमलव ६५, बीमा १ दशमलव ८२, उत्पादनमुलक ० दशमलव ०६, अन्य २ दशमलव ४९, लघुवित्त १ दशमलव  ५३ प्रतिशतले घटेका छन् ।

प्रकाशित : बिहिबार, पुष २०, २०७४१०:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सर्वदलीय बैठक सम्पन्न , प्रदेश प्रमुख र राजधानीमा सहमति