दुई विद्यार्थी संगठनबीच झडप हुँदा चार घाइते !

Leaderboard Banner

चितवन, १९ पुस । दुई विद्यार्थी संगठनका विद्यार्थीबीच विवाद भई झडप हुँदा चार जना घाइते भएका छन् ।

जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) बीच आज क्याम्पसमै झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामाजिक सञ्जालमा क्याम्पसबारे गरिएको टिप्पणीलाई लिएर दुई विद्यार्थी संगठनका विद्यार्थीबीच झडप भएको थियो । घाइते हुनेमा अनेरास्ववियुका किसन घिमिरे, विकलचन्द्र श्रेष्ठ रहेका छन् भने अनेरास्ववियु (क्रान्तिकारी) का श्रीराम आचार्य र नितिलेश अधिकारी रहेका छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइते सबैको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित : बुधबार, पुष १९, २०७४१८:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भण्डारीले सम्हाले प्रवक्ताको जिम्मेवारी