काँग्रेस नेता पाैडेलकाे मुद्धामा सर्वाेच्चले दियाे यस्ताे अादेश

Leaderboard Banner

काठमाडाैँ । नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले पुनः मतदानको माग गर्दै रिट दर्ता गरेपछि सर्वोच्चले मतपत्र तथा मुचुल्कासहितका कागजपत्र इजलाशमा पेश गर्न निर्देशन दिएको छ। प्रधानन्यायाधीस गोपाल पराजुलीसहितको संवैधानिक इजलासले बुधबार उक्त आदेश दिएको हो।

तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ का उम्मेद्वार पौडेलले पाँच मतले पराजित भएपछि गत मंसिरमा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। गत मंसिरमा सम्पन्न निर्वाचनमा उनले १६ हजार ६४१ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी आशा कोइरालाले १६ हजार ६४६ मत प्राप्त गरी विजयी भएकी थिइन्।

प्रकाशित : बुधबार, पुष १९, २०७४१७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दुई विद्यार्थी संगठनबीच झडप हुँदा चार घाइते !