सवर्मान्य बन्न नसकेका माननिय

Leaderboard Banner

मञ्जु टेलर

काठमाडाै । मंसिर १० र २१ गतेमा भएकाे चुनावबाट प्रत्यक्ष र समानुपातिक गरी जम्मा २७५ जना सांसद हरू सरकारमा जानेछन ।प्रतिनिधि र प्रदेशसभाकाे चुनावमा राष्िट्रय पाटीर् घाेषणा भएका पाँचअाेटा राजाितिक दलहरू बाट २७५ जनाले सरकारकाे प्रतिनिधित्व गनेर् भएका छन ।   तिनीहरू मध्ये कतिपय सांसद पुणर् जनमतका साथ निवार्चित भएपनि साधारण रूपमा अगाडी अाउन सकेका छैनन । कतिपय सवाेर्च्च अदालतले फरार अपराधिकाे नाममा पत्राउ पत्र जारी गरीसकेकाे छ ।

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन जितेर सिंहदरबारको यात्रा तय गनर् नसकेका माननिय बनेका छन ः रेशम चौधरी , नवराज सिलवाल र विजयकुमार गछ्छदार । त्यस्तै सवर्मान्य बन्न् नसकेका अथार्त जनताकाे मनमा अझै पनि बस्न नसकेका अकार् पात्र हुन दीपक मनाङगे । यी चार नेताहरू सांसदकाे  शपथ नलिँदै विभिन्न विवादमा तानिएका हुन् ।

२०७३ चैत २८ गते सरकारले प्रकाश आर्याललाई आईजीपी नियुक्त गरेसँगै उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका सिलवाल राजनितिमा एकै चाेटी छलाङ मारे । संसदमा नियुक्त त भए तर शपथ लिन सकेनन । अाइजिपि  बन्ने महत्वकाङ्क्षासहित पटक–पटक सर्वोच्च अदालत पुगेका नवराज सिलवाल ।  एकाध महिनामै नेकपा एमालेबाट प्रतिनिधि सभाको टिकट लिँदै प्रतिनिधिसभामा जन–अनुमोदित हुन सफल भए ।  पूर्वडीआईजीको उनको छवि एकाएक निर्वाचित प्रतिनिधिसभा सदस्यमा बदलियाे ।

चुनावमा भोट माग्न जाँदा सर्वसाधारणको खेतमा धान काट्न पुगेका सिलवाल चुनाव जितेपछि घोडा चढ्दै हिडेृकाे  फोटो सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे । त्यरकाे केहि दिनपछि  सर्वोच्च अदालतले उनको मुद्दाको पूर्णपाठको फैसला सार्वजनिक गर्दै ‘कार्य सम्पादन मूल्याङ्कन कीर्ते प्रकरण’मा दोषी रहेको भन्दै कारवाहीका सिफारीस गरेकाे छ । हाल अदालतले उनलाइ  पक्रन सरकार सामु पक्राउ पुजीर् जारी गरेकाे छ । नवराज सिलवाल भने अहिले क्वालालम्पुरमा रहेका छन । उनले अदालतमा  नियमविपरीत कासमुको फोटोकपी गराएर त्यसैलाई नक्कली बनाउँदै आफ्नो रिटमा अट्याच गरेकाे अाराेप छ ।

त्यस्तै अका सांसद हुन टिकापुर घटनामा मुख्य अाराेपित रेशम चाैधरी । टिकापुरमा आन्दोलनकारीको आक्रमणबाट एसएसी न्यौपाने, इन्सपेक्टर बलराम विष्ट र केशव बोहोराका साथै प्रहरी जवान लक्ष्मण खड्का, लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका हवल्दा रामबिहारी थारु, सहायक हवल्दार ललित साउद र दुई वर्षीय बालक टेकबहादुरको साउदको पनि गोलीको छर्रा लागेर मृत्यु भएकाे थियाे जसका मुख्य अाराेपी हुन  चाैधरी ।

टिकापुर घटना अघि उनले कैलालीमा समाजिक कार्यकर्ताका रूपमा विभिन्न समाजिक गतिविधि गरेर आफूलाई स्थापित गरिसकेका थिए ।  थारुको पक्षमा दिलो ज्यान दिएर लागेको कारण पनि थारु बाहुल्य क्षेत्रमा  उनले प्रतिनिधिसमा सदस्यको निर्वाचन जित्न सफल भए । उनि त्यहाका स्थािनय वासीका प्रिय पात्र थिए फलस्वरूप प्रत्यक्षबाट उम्मेदवार बनेका चाैधरीले भारी मतका साथ निवार्चित भए । तर उनलाइ पनि सरकारमा प्रवेश गनर् त्यति सजिलाे भने छैन । अदालतले उनलाइ फरार अाराेपीकाे सुचीमा राखेकाे छ । लुकिलुकि प्रचार गरेर चुनाव जितेका चाैधरी लाइ निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत नपाइने भन्दै अस्िवकार गर्याे ।

अकाेर् विवादित माननिय हुन विजयकुमार गछ्छदार । सुनसरी प्रतिनिधिसभा क्षेत्र नं ३ बाट विजयी कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार विरुद्ध मतगणनाका क्रममा धांधली भएकाे भन्दै भगवती चौधरीले  रिट हालेपछि विवादमा तानिएका हुन । सवाेर्च्च अदाललतले गच्छदारलाइ पिन अन्तरिम अादेश नसुनाए पछि सरकारमा प्रवेश गनर् असमथर् भएका हुन । चौधरीले  पुस ११ गते सो क्षेत्रमा मंसिर २१ गतेको मतगणनामा १९औं लटमा निर्वाचनको मतगणनाका क्रममा नौ ओटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्नसमेत नदिएको जिकिर गरेकी छन् । साथै, पाँच मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको जनाइएको छ ।

नाम चलेका गुण्डा नाइकेहरूमध्येकाे चिर परिचित अनुहार हुन दीपक मनाङगे । गुण्डा गदीर् गरेर धेरै चाेटी प्रहरीकाे फन्दामा परिसकेका मनाङगे मनाङमा स्वत्रन्त्र बाट निवार्चित भए । एमाले बाट टिकट पाउने पक्का भएका दीपककाे सवार्धिक विराेध हुन थालेपछि एमाले ले टिकट दिएन । तर मनाङगे ले स्वतन्त्र बाट नै राजनितिमा छलाङ मारे । एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् ।  डनको छवि बनाएका उनी पहिलो जननिर्वाचित डन बनेका हुन् ।

प्रकाशित : बुधबार, पुष १९, २०७४१७:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काँग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्तावबारे प्रचण्डको आयो यस्तो प्रतिकृया