सिलवाल पक्राऊ पुर्जी प्रकरण: गलत प्रचार भएको सनसनीपूर्ण खुलाशा (पत्रसहित)

Leaderboard Banner

काठमाडौं, १९ पुस । ललितपुर क्षेत्र नम्बर १ बाट जननिर्वाचत नेकपा एमालेका प्रतिनिधि सभा सदस्य एवं पूर्वडीआईजी नवराज सिलवाललाई नेपाल प्रहरीले पक्राउ पुर्जी जारी भएको भन्ने खबर गलत भएको खुल्न आएको  छ। प्रहरीले सिलवाललाई किर्ते मुद्धाको विषयमा बुझ्नको लागि भन्दै  उपस्थितीको लागि महानगरीय प्रहरी परिसर जाउलाखेलले पत्राचार मात्र गरेको हो ।

सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको खबरहरु आइरहेका बेला महानगरीय प्रहरी परिसर काठमाडौंले महानगरीय प्रहरी परिसर ललितपुरलाई गरेको पत्राचारमा सिलवाललाई उपस्थित गराउन अनुरोध गरेको पाइएको हो । परिसरले पठाएको पत्रमा भनिएको छ, ‘यस कार्यालयमा दर्ता भएको (मुद्दा दर्ता नं। २८३–०७४–०७५) मुलुकी ऐन किर्ते कागजको महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नु पर्ने भएको हुँदा निम्न स्थान बतन भएका व्यक्तिलाई अविलम्ब यस कार्यालयमा उपस्थित गराई अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ । निम्नः १. जिल्ला ललितपुर गोदावरी नपा वडा नं. ४ वतन हुने झपटबहादुर सिलवालको नाति दिलबहादुर सिलवालको छोरा वर्ष ५५ को भूपू प्र.ना.म.नि नवराज सिलवाल ।’

प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले कार्यसम्पादन मूल्यांकन फारम फरकफरक देखिएकाले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आदेश दिएको थियो । सो आदेशअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको जाहेरीअन्तर्गत अनुसन्धानका लागि सिलवाललाई उपस्थित गराउन सम्बन्धित प्रहरी कार्यालयलाई पत्राचार गरिएको बुझिएको छ ।

नेता सिलवाल आफ्ना पूर्वनिर्धारित कार्यक्रमका अनुसार सोमबार मलेसियाको क्वालालम्पुर गएका हुन् ।

यस्तो छ सिलवाललाई पठाईएको पत्र:

प्रकाशित : बुधबार, पुष १९, २०७४१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

क्रिकेटर पृथु बाँस्कोटासहित १० जनाबिरुद्ध ठगी मुद्दा दायर !