तेस्राे विश्व युद्ध संकेत गदै अमेरीका र उत्तर काेरीया

Leaderboard Banner

मञ्जु टेलर ।

काठमाडौ । संसारका शक्तिशाली राष्ट् मध्येका ठुला राष्टमा गनिने अमेरीका र उत्तर कोरीयामा पछिल्लो समयमा आणविक बमको विषयलाइ लिएर विवाद बढ्दै गइरहेको छ। लगातार आणविक परिक्षण गदै आइरहेको उत्तर कोरीया माथी अन्तराष्ट्रिय  समुदायले आलोचना गरेपनि कोरयाले कुनै चासो देखाएको छैन ।

पछिल्लो समयमा अथर् र शक्तिको विषयलाइ लिएर एकअकार्को विरोध गरीरहेका अमेरीका र उत्तर कोरीयामा बिच विवादले उग्र रूप लिएको छ । इरान इराक र विभिन्न अफ्रिकि देशहरू गृहयुद्धकाे शिकार भइरहेका बेला यी दुइ शक्ति शाली देशबिच आणविक हतियार बारे भइरहेको विवादले तेस्रो विश्व हुने होकी भन्ने आशंका अन्तराष्ट्रिय समुदायले गरेको छ । यता अमेरीकाले पाकिस्तान र इरान संग बढाइरहेकाे सम्बन्धका कारण पनि अाशंका गनैर् बाटाे बनेकाे छ ।

उत्तर कोरीयाले नोभेम्बर २०१७ मा ह्वासोंग नामक १५ मिसाइलको परीक्षण गरेको थियो । मिसाइल ४४७५ किलोमिटर माथी गयो जुन अन्तर्राष्ट्रिय स्पेस स्टेशनको उचाई दस गुणा ठुलो हो। पछिल्लो समयमा परमाणु बम परिक्षण गरीरहेको उत्तर कोरिया को अमेरीका ले विरोध गर्दै आइरहेको थियो । परमाणुको विषयलाइ लिएर केही समय अघि अमेरीकाले १६ जना उत्तर कोरीयाली अधिकारीलाइ प्रतिबन्धित गरेको थियो । लामो समयदखि भड्किरहेको सम्बन्धका कारण दुइ देश बिचको दुरी झन बढ्दै गइरहेको छ । परमाणु परीक्षणमा प्रतिबन्ध लगाएपनि उत्तर कोरीयाले मिसाइल परीक्षणहरु गरीरहेको छ । यो कार्यबाट पछिल्लो समयमा छिमेकी देशहरु पनि कोरीया संगको सम्बन्ध बाट टाढा रहेको बताइन्छ ।

नयाँ वषर्को अवसरमा उत्तर कोरीयाका राष्ट्रपति जोंगले आणविक परमाणुको बटन आफ्नो हातमा रहेकाले जतिबेला पनि आक्रमण गर्न सक्ने र अमेरीका आफुहरु संग युद्ध सुरु गर्न सक्षम नभएको भन्दै अमेरीका लाइ चेतावनि दिए।यसका साथै उनले अमेरिका उत्तर कोरियाको परमाणु हतियारको विरुद्धमा छ र यो एक खतरा नभई वास्तविकता भएको बताए । उत्तर कोरीयाको चेतावनि लाइ अमेरीकि राष्ट्पतिले खण्डन गदै आफुहरू संग ठुलो र शक्तिशाली आणविक हतियार भएको र समय आएपछि देखिने भन्दै टिप्पणी गरेका छन । मंगलबार डोनाल्ड ट्रम्पले ट्वीट गदै , उत्तर कोरियाको नेता किम जोंगले भने, त्यहाँ उनको डेस्कमा न्यक्लियर बमको बटन छ ,तर उनलाइ याे पनि थाहा होस् कि म संग पनि एक परमाणु बटन छ जुन काेरीयाको भन्दा ठूलो र शक्तिशाली छ ।

प्रकाशित : बुधबार, पुष १९, २०७४१३:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सकियाे सामाजिक परिचालकको जागिर, अान्दाेलनकाे चेतावनी (विज्ञप्ती सहित )