पार्टीकाे बैठक छाेडेर बालुवाटार गएका प्रचण्ड र देउवाबीच भयाे यस्ताे सहमती

Leaderboard Banner

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिका आधारमा प्रदेश प्रमुखको नियुक्ति गर्ने सहमती भएकाे छ ।  पार्टी केन्द्रीय कार्यालयको बिस्तारित बैठक सकिन नपाउँदै प्रचण्डलार्इ भेट्न बालुवाटार गएका थिए ।  भेटमा  प्रचण्डले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख तोक्न सुझाव दिएकाे उनी निकट स्राेतले बताएकाे छ ।

उनले तत्काल राष्ट्रियसभा निर्वाचनको मिति तोक्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाका अनुसार प्रधानमन्त्रीले राजनीतिक सहमतिकै आधारमा आफू अघि बढ्न तयार रहेको बताएका थिए ।

दुई नेताबीच राष्ट्रियसभाको निर्वाचन, प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशहरुको अस्थायी राजधानी तय गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच राष्ट्रियसभाको निर्वाचन, प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशहरुको अस्थायी राजधानी तय गर्ने विषयमा सवै दलहरुसँग परामर्श गरेर अघि बढ्ने सहमति भएको उनले जानकारी दिए ।

प्रकाशित : मङ्गलबार, पुष १८, २०७४१९:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वाइसिएलले भन्यो, ‘पटकपटक एकै व्यक्तिलाई सांसद नबनाऊ।’