इरानमा हिसांत्मक प्रदर्शन , आगलागीले ध्वस्त पार्दै सहर

Leaderboard Banner

काठमाडौ । इरानमा तिन दिनदेखि जारी रहेको सरकार विरुद्ध भइरहेको प्रदर्शन ले हिसांत्मक मोड लिएको छ । गैरकानुनी रुपमा भेला हुन बन्देज लगाएको सरकार विरुद्ध विभिन्न ठाउँमा हजारौ मानिस भेला भई आगजनि गरेपछि आन्दोलन ले उग्ररुप लिएको हो ।

तेहरान विश्वविद्यालय स्थित प्रदर्शनकर्ताले सर्वोच्च नेता आइतल्ला अली खामानेनीलाई सत्ता छोड्न आग्रह गर्दै प्रदशन गरेका हुन ।
यसबाहेक, ईरानका हजारौंसरकार समर्थकहरूले पनि सडकमा प्रदर्शनमा उत्रिएका छन । विरोधिहरुले गरेको प्रर्दशनबाट अन्य नागरीकलाई
समस्या सिर्जना हुने भन्दै गृहमन्त्रीले चेतावनी दिएका थिए । ।

यता अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई प्रर्दशनकारी हरुलाई दवाव दिएको भन्दै चेतावनी दिएका छन भने इरानको विदेशी मंन्त्रालयले ट्रम्पको चेतावनी लाई कपटपुर्ण र अवसरवादी भन्दै टिप्पणी गरेको छ । बीबीसी फारसी सेवा संवाददाता कसारा नाजी अनुसार सरकारको विरुद्ध विरोध गर्नेको संख्या हरेक दिन बढ्दै गइरहेको छ ।  विभिन्न सहरहरुमा विरोधका कार्यक्रम बढ्दै गएकाले
स्थानिय प्रहरीले धान्न सक्ने अवस्था छैन ।

इरानमा प्रदर्शनकारीले धर्मशास्त्र को शासन समाप्त गर्न को माग गर्दै आइरहेका छन । पछिल्लो समयमा भइरहेको बढ्दो मूल्य र बेरोजगारीमा राष्ट्रपतिको प्रमुख कारण रहेका प्रर्दशनकारी ले आरोप लगाएका छन ।

इरानको सरकारले विरोध प्रर्दशनमा विदेशी सैनिकको हात रहेको आरोप लगाएको छ ।

प्रकाशित : आइतबार, पुष १६, २०७४०९:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आन्तरिक पर्यटकले रुचाएको गन्तव्य, २० तस्बिरमा हेर्नुस् लेलेको रमाइलो