प्रधानन्यायाधीश पराजुली पदमुक्त

Leaderboard Banner

काठमाडाै । न्यायपरिषद सचिवालयले   प्रधानन्यायधिस गाेपाल पराजुली पदमुक्त भएकाे घाेषणा गरेकाे छ ।

न्यायपरिषद सचिवालयले बुधबार सुचना जारी गर्दै  प्रधान न्यायाधीश पराजुली पदमा नरहेको जानकारी गराएकाे हाे । न्याय परिषद् सचिवालयले पराजुलीलाई पत्र बुझाउदैँ २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको हाे । पत्रमा न्याय परिषद्ले पराजुलीको परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार प्राप्त पत्रको आधारमा पदमुक्त गरीएकाे उल्लेख छ।

पत्रमा भनिएको छ, ‘…सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरिय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु।’

प्रकाशित : बुधबार, फागुन ३०, २०७४१६:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पदमुक्त प्रधानन्यायधीस पराजुलीले नै गराए राष्ट्रपति भण्डारीलाई सपथ