प्रताव दासको स्वरमा ‘तिम्रो स्वर’ अनुरागमा समावेश (भिडियो)

Leaderboard Banner

काठमाडौं । पछिल्लो समय चलचित्र तथा म्युजिक भिडीयो धेरै मात्रामा रहेका छन् यसका विचमा चलचित्र ‘अनुराग’ बनेको छ । उक्त चलचित्रको नयाँ गीत सार्वजनिक भएको छ । उक्त ‘तिम्रो स्वर’बोलको लिरिकल भिडियोमा नेपाल आईडल पहिलो अडिसन का दितिय रनरअफ बन्न सफल बनेका प्रताप दासको स्वर रहेको छ । गीतमा चलचित्रका निर्देशक सत्यराज चौलागाईको शब्द छ भने संगितकार सरोज पोखरेलको सङ्गीत रहेको छ । एलिजा गौतमले निर्माण गरेको चलचित्र ‘अनुराग’को सम्पूर्ण छायाङ्कन सकिएको बताईएको छ ।
यति बेला चलचित्रको पोस्टप्रोडक्सनको काम भइरहेको बताईको छ । चलचित्रमा एलिजाको साथै नव–नायक समुन्द्र पण्डितको मुख्य भूमिका रहेको छ । चलचित्र आगामि जेठ ११ गतेबाट प्रदर्शनमा आउने बताईएको छ ।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४१६:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नायक प्रदिप खड्का चलचित्र ‘सोलिडोली’ मा अनुवन्धीत