एकाबिहानै भेटियो फोहोरमा फालिएको अवस्थामा एउटा मृत शिशु

Leaderboard Banner
फाईल फोटो

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ ।

नगरपालिका–ं ११ गिजागाड नजिकै आज बिहान– ६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

शव परीक्षणका लागि जाजरकोट जिल्ला अस्पताल खलंगामा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको पनि उनले बताए ।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४१६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रधानन्यायाधीश पराजुली पदमुक्त