चलचित्र “नाई नभन्नु ल ५” आउदै नयाँ कलाकार आउलान की नआउलान ?

Leaderboard Banner

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमानै हुन सक्छ निरन्तर ५ वटा चलचित्र बनाउनू, यसरि सिरिजको तरिकाले चलचित्र निर्माण हुनु । नेपाली सिने जगत्मा अब आफ्नो पाँचौ चलचित्र श्रृङखला लिएर निर्देशक तथा निर्माता विकाशराज आचार्य बजारमा आउने भएका छन् । नाई नभन्नु ल ४ समेत बनाई सकेका आचार्यले अब नाई नभन्नु ल ५ ल्याउने भएका हुन् । उनका ४ वटै सिरिज हरु बजारमा राम्रै विक्री भएका थिए ।
आगामी चैत्र १ गते बाट छायंकनमा जाने उक्त चलचित्रको सम्पुर्ण टिम कन्र्फम भई सकेको छ । नाई नभन्नु ल मा सुरु बाटनै राखिएकी नायिका प्रियंका कार्की र बाल कलाकार अनुभव रेग्मी भने चलचित्रमा रहनेनै छन् भने उनिहरुका अलवा बुद्धी तामाङ्,जयनन्द लामा,अभिषेख नेपाल,उतम केसी, दिलिप रायमाझि,नायिका स्वस्तीमा खड्का मुख्य भुमीकामा देखिने चलचित्रका निर्देशक तथा निर्माता आचार्यले बताएका छन् ।
चलचित्रमा नायिका प्रियंका भने चलचित्रमा आमा बनेर प्रश्तुत हुने बताईको छ, जसमा स्वस्तीमा भने छोरिको रोलमा हुने बताईएको छ ।
यता चलचित्रमा नायक भने नयाँ ल्याउने आचार्यको भनाई रहेको छ । चलचित्रको कथा लेखन आर्चाय आफैले लेखेका हुन ।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४१५:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बाहुबलि का नायक प्रभास भुषणको नयाँ फिल्ममा